एकीकृत समाजवादीको चार उपमहासचिवका लागि २० जनाको उम्मेदवारी « Khabarhub

एकीकृत समाजवादीको चार उपमहासचिवका लागि २० जनाको उम्मेदवारी


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेकपा एकीकृत समाजवादीको उपमहासचिवमा २० जना नेताहरूको उम्मेदवारी परेको छ ।

मंगलबार हुन लागेको १८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्यको निर्वाचनमा ४ जना उपमहासचिवतर्फ २० जनाले उम्मेदवारी दिएका हुन् ।

पदाधिकारीतर्फ सबैभन्दा धेरै उपमहासचिवमा नेताहरूले उम्मेदवारी दिएका हुन् ।

आइतबार र सोमबार भएको समाजवादीको पूर्ण केन्द्रीय समिति बैठकमा पदाधिकारी र पोलिटब्यूरो चयन सर्वसम्मत हुन नसकेपछि निर्वाचनमा लगिएको हो ।

समाजवादीको वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्रप्रसाद पाण्डे निर्विरोध भइसकेका छन् । घनेन्द्र बस्नेतले नाम झिकेपछि पाण्डै निर्विरोध वरिष्ठ उपाध्य भएका हुन् ।

उता ६ जना उपाध्यक्ष पदमा पनि १५ जनको उम्मेदवारी परेको छ । खुल्ला उपाध्यक्षतर्फ ११ जना, मधेसीतर्फ २ जना र महिलातर्फ पनि २ जनाले उम्मेदवारी दिएका हुन् ।

उपमहासचिवका प्रतिस्पर्धी

१. लक्ष्मण केसी
२. रामचन्द्र यादव
३. रामकुमार भट्टराई
४. महेश रेग्मी
५. डा. देउमान सम्वाहाङफे
६. नागेन्द्रप्रसाद चौधरी
७. मेटमणि चौधरी
८. अम्मरबहादुर थापा
९. राजेन्द्रकुमार राई
१०. लक्ष्मण पौडेल
११. शत्रुधन महतो
१२. मदनकुमारी शाह (गरिमा)
१३. हरिप्रसाद पराजुली
१४. श्रीप्रसाद साह
१५. जीवनराम श्रेष्ठ
१६. परमानन्द भट्ट
१७. मीना ज्ञवाली नेपाल
१८. भविश्वर पराजुली
१९. गोमा विष्ट
२०. भवानी खड्का

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  १ : ४६ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न

दमौली तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

इजरायलद्वारा १५० इरानी बालिकाको नरसंहारबारे छानबिन हुनुपर्ने राष्ट्रसंघको माग

तेहरा- संयुक्त राष्ट्रको मानवअधिकार कार्यालयले इरानमा भएको एक छात्रा विद्यालयमाथिको

उत्तर कोरियामा संसदीय निर्वाचन घोषणा

एजेन्सी- उत्तर कोरियाले यस महिनाभित्र आफ्नो सर्वोच्च जनसभाका लागि प्रतिनिधि

रास्वपाका अर्का उम्मेदवार पनि कर्जा सूचना केन्द्रको कालोसूची भेटिए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका अर्का उम्मेदवार

सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेको प्रोफाइल राख्दै निशाले भनिन्- अब चुप बस्दिन

काठमाडौं– प्रतिनिधिसभा उम्मेदवार निशा अधिकारीले सामाजिक सञ्जालमार्फत आफूमाथि भइरहेको चरित्र