एकीकृत समाजवादीको चार उपमहासचिवका लागि २० जनाको उम्मेदवारी | Khabarhub Khabarhub

एकीकृत समाजवादीको चार उपमहासचिवका लागि २० जनाको उम्मेदवारी


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेकपा एकीकृत समाजवादीको उपमहासचिवमा २० जना नेताहरूको उम्मेदवारी परेको छ ।

मंगलबार हुन लागेको १८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्यको निर्वाचनमा ४ जना उपमहासचिवतर्फ २० जनाले उम्मेदवारी दिएका हुन् ।

पदाधिकारीतर्फ सबैभन्दा धेरै उपमहासचिवमा नेताहरूले उम्मेदवारी दिएका हुन् ।

आइतबार र सोमबार भएको समाजवादीको पूर्ण केन्द्रीय समिति बैठकमा पदाधिकारी र पोलिटब्यूरो चयन सर्वसम्मत हुन नसकेपछि निर्वाचनमा लगिएको हो ।

समाजवादीको वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्रप्रसाद पाण्डे निर्विरोध भइसकेका छन् । घनेन्द्र बस्नेतले नाम झिकेपछि पाण्डै निर्विरोध वरिष्ठ उपाध्य भएका हुन् ।

उता ६ जना उपाध्यक्ष पदमा पनि १५ जनको उम्मेदवारी परेको छ । खुल्ला उपाध्यक्षतर्फ ११ जना, मधेसीतर्फ २ जना र महिलातर्फ पनि २ जनाले उम्मेदवारी दिएका हुन् ।

उपमहासचिवका प्रतिस्पर्धी

१. लक्ष्मण केसी
२. रामचन्द्र यादव
३. रामकुमार भट्टराई
४. महेश रेग्मी
५. डा. देउमान सम्वाहाङफे
६. नागेन्द्रप्रसाद चौधरी
७. मेटमणि चौधरी
८. अम्मरबहादुर थापा
९. राजेन्द्रकुमार राई
१०. लक्ष्मण पौडेल
११. शत्रुधन महतो
१२. मदनकुमारी शाह (गरिमा)
१३. हरिप्रसाद पराजुली
१४. श्रीप्रसाद साह
१५. जीवनराम श्रेष्ठ
१६. परमानन्द भट्ट
१७. मीना ज्ञवाली नेपाल
१८. भविश्वर पराजुली
१९. गोमा विष्ट
२०. भवानी खड्का

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  १ : ४६ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु