प्रचण्डलाई रघुजीले भने- प्रधानमन्त्री गुमेपछि यति औ‍डाहा र छटपटी किन ? « Khabarhub

प्रचण्डलाई रघुजीले भने- प्रधानमन्त्री गुमेपछि यति औ‍डाहा र छटपटी किन ?


११ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद रघुजी पन्तले अचानक प्रधानमन्त्री पद गुमाउँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा छटपटी देखिएको बताएका छन् ।

मंगलबार प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा बोल्दै प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेमाथि आक्रमण गरेपछि जवाफमा पन्तले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्री पद गएपछि यति औडाहा र छटपटी किन देखाएको ? हिजो तीनचोटी घरी यता घरी उता भनेर देशमा अस्थिरताको मानक स्थापित गर्ने को हो ?’, उनले भने, ‘प्रचण्डकै कारणले राजनीतिज्ञले नेपालमा विश्वास गुमाएका थिए । जनताले नक्कली र नक्कलेले लुगा फेरेको भन्दा छिटो प्रचण्डले गठबन्धन फेर्छन् भन्ने उक्ति नै बनेको थियो ।’

उनले प्रचण्डले कम्तीमा प्रमुख प्रतिपक्षी नेताको गरिमा जोगाउनुपर्ने बताए । ‘प्रतिपक्षी दलका अरु सांसद र नेताले सरकारको आलोचना गरिरहन्छन्, त्यो स्वभाविक हो । तर प्रचण्डले आफ्नो गरिमा जोगाउनुपर्छ’, उनले भने, ‘सरकारको आलोचना गर्न प्रमुख प्रतिपक्षी नेताले सय दिन कुर्न सक्नुपर्‍थ्यो तर प्रचण्डमा त्यो धेर्यता पनि देखिएन ।’

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  ३ : ०२ बजे

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित