एकीकृत समाजवादीमा चुनावी चटारो : भोट माग्दै प्रतिस्पर्धी (तस्बिरहरू) « Khabarhub

एकीकृत समाजवादीमा चुनावी चटारो : भोट माग्दै प्रतिस्पर्धी (तस्बिरहरू)


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा ‘मिनी महाधिवेशन’ लागेको छ। दशौँ महाधिवेशन असारमै सकिएको अवस्थामा पदाधिकारी र पोलिटब्यूरो सदस्यका लागि चुनाव हुन लागेको हो ।

गत असार १६-२० मै दशौँ महाधिवेशन सकेको समाजवादीले १८ पदाधिकारी र १०५ पोलिटब्युरो सदस्यका लागि निर्वाचन गर्दैछ । पदाधिकारीतर्फ वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद पाण्डे निर्विरोध भएकाले अब १७ पदाधिकारीका लागि चुनाव हुँदैछ ।

असारमा भएको महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत चयन गरेको थियो । त्यसबेला ९३ जना केन्द्रीय सदस्य पनि सर्वसम्मत छानिएका थिए।

त्यसपछि आइतबारको केन्द्रीय समिति बैठकले २५१ जनालाई केन्द्रीय समितिमा चयन गरेको थियो । तर अधिकांश पदाधिकारी पदमा सहमति नभएपछि महाधिवेशनकै झल्को दिने गरी समाजवादीले चुनाव गरेको हो ।

१७ पदाधिकारी र १ सय ५ पोलिटब्युरो सदस्यका लागि दिएका उम्मेदवारीको नामावाली सार्वजनिक भइसकेको छ । समाजवादीमा ६ उपाध्यक्ष, ४ उपमहासचिव, ७ सचिवको निर्वाचन हुँदै छ।

समाजवादीमा ६ उपाध्यक्षका लागि १५ जनाको उम्मेदवारी परेको छ । यस्तै ४ जना महासचिवका लागि १९ जनाको उम्मेदवारी परेको छ ।

अन्तिम नामावली सार्वजनिक हुँदा महिला उपाध्यक्षमा रामकुमारी झाँक्री र जयन्ती राईको उम्मेदवारी कायम छ । अहिले उम्मेदवारहरू धमाधम भोट मागिरहेका छन् ।

आन्तरिक चुनाव भए पनि थोरै पदका लागि धेरै आकांक्षी भएकाले प्रतिस्पर्धा कडा र रमाइलो देखिएको छ।

सबै तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ३ : २८ बजे

झापाका ९५ वटा मतदानस्थल अति संवेदनशील

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा

पूर्वी अस्ट्रेलियामा गोली हानाहान हुँदा तीन जनाको मृत्यु

सिड्नी- अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्सस्थित सिड्नीको पश्चिममा बिहीबार

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ– मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी नपरेको

ग्रिनल्यान्डको सार्वभौमसत्ताबारे वार्ता हुँदैन : डेनमार्क

कोपनहेगन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी अडान परिवर्तन गरेपछि पनि

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर