प्रतिनिधिसभा : बाढीपहिरो र सडक दुर्घटनाका बिरामीको निःशुल्क उपचार गर्न माग | Khabarhub Khabarhub

प्रतिनिधिसभा : बाढीपहिरो र सडक दुर्घटनाका बिरामीको निःशुल्क उपचार गर्न माग


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले अविरल वर्षाका कारण देशभर भइरहेको बाढीपहिरो र सडक दुर्घटनाका घाइतेको निःशुल्क उपचार तथा पुनः स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको आकस्मिक समयमा सांसद सुशीला थिङले सिन्धुली जिल्लामा यही भदौ ७ गतेको अविरल वर्षाका कारण हायु बस्तीका पाँच घर भत्किएका र १५ परिवार विस्थापित भएकाप्रति ध्यानाकर्षण गराउँदै क्षतिपूर्ति र पुनः स्थापनाको माग गरिन् ।

‘लोपोन्मुख हायु बस्तीमा पाँच घरधुरी भत्किएका छन्, १५ परिवारलाई अन्यत्र सारिएको छ’ उनले भनिन्, ‘जोखिमका परेका लोपोन्मुख जाति हायुको बस्तीलाई सुरक्षित ठाउँमा सारेर एकीकृत बस्ती निर्माण तथा जीविकोपार्जनका लागि सहयोग गर्न आग्रह गर्दछु ।’ सांसद थिङले सडक दुर्घटना, चट्याङमा परेका व्यक्तिलाई पनि स्वास्थ्य उपचारका लागि सरकारसँग आग्रह गरिन् ।

सांसद जनार्दन शर्माले देशभर परेको वर्षाका कारण धेरै धनजनको क्षति भएको र सडक दुर्घटनामा परेर मानिसको ज्यान गइरहेकाप्रति सरकारको ध्यानाकर्षण गराए  । ‘गत वर्ष जाजरकोटमा गएको भूकम्पले सल्यानका विभिन्न ठाउँमा जमिन फाट्ने र ठूला चिरा परिरहेको छ’ उनले भने, ‘तत्काल विज्ञ पठाइ त्यो भूमि प्रयोग गर्न हुन्छ वा हुन्न भनेर निक्र्यौल गर्नुपर्छ, आवश्यकताअनुसार बस्ती सार्न पहल गर्न ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद शान्ति विकले विगत केही समयदेखि स्वदेश तथा विदेशमा महिला हिंसासम्बन्धी घटना विश्वभरि नै देखिएका र महिलाहरू कहीँ पनि सुरक्षित हुन नसकेको देखिएको बताइन् । ‘नेपालका चेली चाहे देशमा हुन् वा विदेशमा कहीँ पनि सुरक्षित छैनन् भन्ने कुराले स्तब्ध छु”,उनले भनिन्, ‘सबै घटना मानवता विरोधी क्रूरताको पराकाष्ठा हो ।’

सांसद अमरेशकुमार सिंहले पछिल्लो समय देशमा सडक दुर्घटना बढेको र दुर्घटना कम गराउन सरोकार भएका पक्षको ध्यानाकर्षण गराए । ‘पटक पटक सडक दुर्घटना भएको छ, यस्तो किन भइरहेको छ? त्यसको जिम्मेवारी कसैले लिनुपर्छ की पर्दैन?’ उनले प्रश्न गने, ‘सरकारले जिम्मा  लिने वा ट्राफिक प्रहरी ? यातायात विभाग वा कसले लिने हो ? यसको जवाफसहित दिनप्रतिदिन खस्किँदै गएको सडकको गुणस्तर सुधारमा लाग्नुपर्छ ।’

सांसद गणेश पराजुलीले देशैभरि भएका सवारीसाधन दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै जनतालाई सरकार भएको महसुस दिलाउन आग्रह गरे । उनले भने, ‘नेपाल सरकार, गृह मन्त्रालय, पर्यटन मन्त्रालयलाई आग्रह गर्न चाहन्छु कि नेपालमा आएका भारतीय पर्यटकलाई गन्तव्यसम्म पुर्‍याउने काम सरकारको हो ।’

सांसद शिव नेपालीले सडक र हवाई दुर्घटना न्यूनीकरण गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ३ : ५७ बजे

दशैँमा नीतिलाई ‘ज्वाइँ साब’को चटारो

काठमाडौं– नीति शाहको अभिनय रहेको दोस्रो फिल्म ‘ज्वाइँ साब’ फूलपाती

भारतीय उद्योगपति रतन टाटाको निधन

काठमाडौं– भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको

दशैँमा खेल्न ६ करोडको तास भित्रियो

काठमाडौं – दशैँको छुट्टीमा रोजगारी र पठाइका लागि सहरी क्षेत्रमा

नेपाललाई भारतको सहयोग : पुलका स्टिल पार्टपुर्जा हस्तान्तरण

काठमाडौं– भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

सिरहा– रातको समय छ । बजार क्षेत्र भए पनि सडकमा