ठूलो आतंककारी हमला गराएर इरानमाथि दोष थोपर्ने षड्यन्त्र भइरहेको छ : लारिजानी « Khabarhub

ठूलो आतंककारी हमला गराएर इरानमाथि दोष थोपर्ने षड्यन्त्र भइरहेको छ : लारिजानी


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानको सर्वोच्च सुरक्षा परिषदका सचिव अली लारिजानीले ठूलो आतंककारी हमला गराएर इरानमाथि दोष थोपर्ने षड्यन्त्र भइरहेकोबारे आफूले जानकारी पाएको दाबी गरेका छन् ।

उनले इपस्टिन सञ्जालका बाँकी सदस्यहरुले सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंककारी हमलाजस्तै आतंककारी आक्रमण गरी त्यसको दोष इरानमाथि थोपर्ने षड्यन्त्र भइरहेकोबारे आफूले जानकारी पाएको दाबी गरेका हुन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले इरान यस्ता आतंककारी षड्यन्त्रको विपक्षमा रहेको भन्दै अमेरिकी जनताविरुद्ध कुनै युद्ध नगर्ने जनाएका छन् ।

‘मैले सुनेअनुसार एपस्टिन सञ्जालका बाँकी सदस्यहरुले सेप्टेम्बर ११ जस्तै घटना गराउने षड्यन्त्र रचिरहेका छन्’, सामाजिक सञ्जालमा लारिजानीले लेखेका छन्, ‘इरान यस्ता आतंककारी षड्यन्त्रको पूर्णतयाः विपक्षमा छ र अमेरिकी जनतासँग युद्ध चाहँदैन ।’

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ४ : २५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार