युक्रेनी ऊर्जा केन्द्रमा रूसी हमला : बाइडेनको विरोध, सहयोग जारी राख्ने | Khabarhub Khabarhub

युक्रेनी ऊर्जा केन्द्रमा रूसी हमला : बाइडेनको विरोध, सहयोग जारी राख्ने


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी राष्ट्रपति जो बाइडेनले  रूसले सोमबार युक्रेनी ऊर्जा केन्द्रमा गरेको हमलाको निन्दा गर्दै कियभलाई आफ्नो निरन्तर समर्थन रहने वाचा गरेका छन् ।

रूसले सोमबार युक्रेनमा सयौं ड्रोन तथा क्षेप्यास्त्र प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै युक्रेनको ऊर्जा केन्द्र ध्वस्त भएको अधिकारीहरूले बताएका छन् ।

यसै सन्दर्भमा राष्ट्रपति बाइडेनले भने ‘युक्रेन विरुद्ध रूसको निरन्तर आक्रमण र युक्रेनी जनतालाई अन्धकारमा डुबाउने प्रयासको कडा रूपमा निन्दा गर्दछु । ‘

युक्रेनमा पछिल्लो समय मस्कोले गरेको आक्रमणले ‘ब्ल्याकआउट'(ऊर्जा सङ्कट) सुरु भएको छ । कियभले रूसको कुर्स्क क्षेत्रको भूभाग नियन्त्रणमा लिएको दाबी गरेपछि यो अवस्था आएको जनाइएको छ ।

सन् २०२२ फेब्रुअरीको  आक्रमणपछि रूसले युक्रेनमा बारम्बार ऊर्जा केन्द्र लक्षित ड्रोन तथा मिसाइल आक्रमणहरू गरेको छ ।

युक्रेनको ‘सैन्य–उत्पादन परिसर’ लाई सहयोग गर्न प्रयोग भइरहेको दाबी गर्दै ऊर्जा केन्द्रहरूमा प्रहार गरेको रूसी रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

रूसले सोमबार गरेको आक्रमणमा परी निर्दोष युक्रेनी नागरिकहरूको मृत्यु भएको, २० जनाभन्दा बढी घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ४ : ३२ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ