दुई वर्षभित्र नेपाललाई विकासशील राष्ट्र बनाउँछौँ : उद्योगमन्त्री भण्डारी « Khabarhub

दुई वर्षभित्र नेपाललाई विकासशील राष्ट्र बनाउँछौँ : उद्योगमन्त्री भण्डारी


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सन् २०२६ सम्म नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा सरकार अन्त्यता संवेदनशील रहेको बताएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री भण्डारीले आजको नेपालको अर्थतन्त्र, जिडिपीको तहको सुचकांकका आधारमा विकासशील राष्ट्रमा स्तरोन्नति गर्न चुनौती रहेको भए पनि यसमा सरकार अन्त्यता संवेदनशील र गम्भीर रहेको बताएका हुन्  ।

नेपाललाई अतिकम विकसित मुलुकमा नै रहँदा त्यसले सबै क्षेत्रमा पार्न सक्ने प्रभावका बारेमा स्वयं प्रधानमन्त्री पनि गम्भीर रहेको उनले बताए ।

उनले मुलुकको अर्थतन्त्रमा उद्योगको योगदान ४–५ प्रतिशतमा सीमित गरेको र यसका कारण जिडिपी बढ्न नसकेको उल्लेख गरे । यस्तो अवस्थामा लगानीको वातावरण बनाउँदै अधिकतम लगानी भित्राउन सक्नुपर्ने उनले बताए ।

कृषि दशकको रूपमा सरकारले ल्याएको योजनालाई कार्यान्वयन गर्नका लागि उत्पादनलाई जोड दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ५ : ०३ बजे

चुनावी हारपछि कांग्रेसको पहिलो बैठक, समानुपातिक सांसद छान्दै (तस्बिरहरू)

काठमाडौं– फागुन २१ गतेको निर्वाचनमा नमिठो पराजय व्यहोरेको नेपाली कांग्रेसको

‘नेपाल फर्मा एक्स्पो २०२६’ सफलतापूर्वक सम्पन्न 

काठमाडौंं– नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा सञ्चालित तीन

नेपाल चिकित्सक संघको निर्वाचन प्रक्रिया अघि बढाउने तयारी 

काठमाडौ– प्रतिनिधीसभा निर्वाचनका कारण स्थगित भएको नेपाल चिकित्सक संघ (एनएम)

मनिष झालाई प्रश्न : रास्वपाले संसदीय दलको नेता कहिले चयन गर्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयनका लागि अझै

एकैदिन गुन्डु पुगेर पितृशोकमा रहेका ओलीलाई भेटे पूर्वराष्ट्रपति र प्रधानमन्त्रीले

काठमाडौं- पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी