संसद्‍‍मा प्रचण्डको अभिव्यक्ति सत्ताबाहिर रहँदाको आक्रोश : रामहरि खतिवडा « Khabarhub

संसद्‍‍मा प्रचण्डको अभिव्यक्ति सत्ताबाहिर रहँदाको आक्रोश : रामहरि खतिवडा


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति सत्ताबाहिर रहँदाको आक्रोश भएको टिप्पणी गरेका छन् ।

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले सत्ता छाड्दाको पीडाले प्रचण्डले सदनमा आक्रोशपूर्ण अभिव्यक्ति दिएको टिप्पणी गरेका हुन् ।

त्यसक्रममा संविधानका सबै कुरा मान्न तयार रहेको भन्ने अभिव्यक्ति सकारात्मक पक्ष भएको उनले बताए ।

त्यस्तै खतिवडाले सार्वजनिक लेखा समिति प्रतिपक्षीले पाउने अधिकार रहे पनि यसअघिका नजिर हेर्नुपर्ने बताए ।

खतिवडाले प्रयोग गरिएका विद्युत् महशुल तिर्नैपर्ने उल्लेख गरे। यसमा देखिएको विवादलाई मन्त्रिपरिषदले निर्णय गरेर हल गर्नुपर्ने उनले सुझाव दिए ।

विभिन्न आयोगहरूका सुझाव प्रतिवेदनलाई आधारमा मानेर विद्युत् महशुलबारे सरकारले आवश्यक निकास निकाल्नुपर्ने उनले बताएका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ५ : १८ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक