डढेलो नियन्त्रणका लागि दक्ष जनशक्तिको कमी छ : मन्त्री ठकुरी « Khabarhub

डढेलो नियन्त्रणका लागि दक्ष जनशक्तिको कमी छ : मन्त्री ठकुरी


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले डढेलोको प्रभावकारी नियन्त्रणका लागि दक्ष जनशक्ति र आगो निभाउन अति आवश्यक अवस्थामा हेलिकप्टर र रसायनको कमी रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदको मौखिक प्रश्नहरूको जवाफ दिँदै उनले डढेलो नियन्त्रण गर्न उद्धारका लागि हेलिकप्टर अत्यावश्यक र प्रभावकारी हुने भए पनि सीमित स्रोत तथा साधन र बजेट पर्याप्त नभएको जानकारी गराए ।

मन्त्री ठकुरीले डढेलो नियन्त्रणका लागि पूर्व तयारी सम्बन्धमा सचेतना सप्ताह सञ्चालन गर्दै आइएको, हरेक जिल्लामा तालिम प्राप्त जनशक्तिको व्यवस्था गरिएको, अग्निपथ एवं अग्निरेखा निर्माण गरेको र सम्पूर्ण सरोकारवालालाई तालिम तथा गोष्ठी सञ्चालन गर्दै आएको जानकारी गराए ।

उनले डढेलो लाग्ने मौसममा हरेक जिल्लामा ‘डढेलो नियन्त्रण दस्ता’ भर्ना, तालिमको व्यवस्था, साधनहरू उपलब्ध गराई काममा लगाउने गरिएको जानकारी गराए ।

उनले सबै स्थानीय तहमा यस वर्ष भरी वृक्षारोपण अभियान कार्यक्रम सञ्चालन गरिने र एक करोड बिरुवा रोप्ने लक्ष्य लिएको उल्लेख गरे ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ६ : १० बजे

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी