यस्तो छ फिल्म ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’ « Khabarhub

यस्तो छ फिल्म ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोज ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’ सार्वजनिक भएको छ । काठमाडौंमा सोमबार एक कार्यक्रम गरी निर्माण पक्षले गीत सर्वाजनिक गरेको हो ।

गीतमा राजनराज सिवाकोटी र मेलिना राईले स्वर दिएका छन् । गीतको शब्द र संगीत सिवाकोटीकै हो । विवाहको सेटअपमा तयार पारिएको सो गीतमा फिल्मका मुख्का कलाकारहरु फिचर्ड छन् । भिडियोमा सुजैन खड्का र मनोज खड्काको कोरियोग्राफी हेर्न सकिन्छ ।

पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमामा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिका छ ।

फिल्ममा सीतासहित राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ ।

यो फिल्मको प्रदर्शन मिति केही दिनअघि हेरफेर गरिएको हो । पहिला प्रदर्शन मिति असोज १७ गतेलाई तोकिएको थियो ।

राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको ब्यानरमा यो फिल्म बनेको हो । यसको सह-निर्माता अर्जुन कुमार र कार्यकारी निर्माता माधव वाग्ले हुन् ।

सिद्धार्थ पुडासैनीले फिल्मको निर्देशन गरेका हुन् । यही सिनेमाबाट उनले लेखन तथा निर्देशनमा डेब्यू गरेका हुन् । उनलाई कथा लेखनमा सरिष्मा खत्रीले सघाएकी छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ७ : ५८ बजे

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि