सरकारले ल्याएको प्याकेजमा आशंका नगर्न मन्त्री पाण्डेको आग्रह « Khabarhub

सरकारले ल्याएको प्याकेजमा आशंका नगर्न मन्त्री पाण्डेको आग्रह

'पोखरा र भैरहवा विमानस्थल सञ्चालन गरेमा लाखौँ पर्यटकहरू भित्राउन सकिन्छ'


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न सकेको अवस्थामा लाखौँ पर्यटकहरू भित्राउन सकिने बताएका छन् ।

मंगलबार अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालकहरूसँगको छलफलमा मन्त्री पाण्डे उक्त कुरा बताएका हुन्  । मन्त्री पाण्डेले भने, ‘देश आर्थिक लगायतका जटिलतामा गज्रिरहेको छ । यो सङ्कटको अवस्था हुँदा हुँदै पनि सरकारले विभिन्न प्योकज ल्याएर पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न खोजेको छ।’ उनले देशको जटिलतालाई बुझेर सरकारले गरेको निर्णय कम मान्न नहुने बताए ।

मन्त्री पाण्डेले दुई वटै विमानस्थल सञ्चालनका लागि नीतिगत, व्यवसायिक र सुरक्षाका क्षेत्रमा निरन्तर छलफल गर्न सरकार तत्पर रहेको बताए  ।

उनले पोखरा पर्यटकीय राजधानी भएको उल्लेख गर्दै चीन,भारत लगायतका मुलुकबाट पोखरा र भैरहवामा पर्यटकहरू भित्राउन सकेको अवस्थामा राज्यले लाखौँ राजस्व भित्राउन सक्ने बताए ।

उनले सरकारले ल्याएको प्याकेजमा दुइ वर्षपछि के होला ? भन्ने विषयमा चिन्ता नलिन समेत अन्तर्राष्ट्रिय विमान कम्पनीहरूसँग विश्वास दिलाए । मन्त्री पाण्डेले रुटका विषयमा सरकार चीन भारतसँग कूटनैतिक रूपमा अघि बढिसकेको समेत बताए ।

छलफलमा जजिरा, सिंगापुर एयरलाइन्स लगायतका दर्जन बढी वायु सेवा सञ्चालकहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ६ : २३ बजे

अमेरिकी डलरको अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३