हेलेन आँधीको जोखिममा फ्लोरिडा « Khabarhub

हेलेन आँधीको जोखिममा फ्लोरिडा


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

फ्लोरिडा – अमेरिकाको फ्लोरिडा राज्य अहिले हेलेन नामको आँधीको जोखिममा छ। चार क्याटोगोरीको यो आँधी अहिले उत्तरी फ्लोरिडातर्फ लम्किरहेको छ।

मेक्सिको खाडीबाट आउने यो आँधी अत्यन्त शक्तिशाली हो। यसले फ्लोरिडा, वासिङ्टन डिसी र इन्डियानामा समेत प्रभाव पार्न सक्नेछ।

फ्लोरिडामा यो जमिनबाट २० फिट माथिसम्म उठ्न सक्ने छ। हेलेनले अहिलेसम्म विद्यालय र पसल बन्द गराइसकेका छन्। यसले ऊर्जा संकटसमेत ल्याउन सक्ने छन्। धेरै पावर लाइन बन्द पनि हुनसक्ने छ।

जर्जियामा अहिले हेलेनको उपस्थिति देखिएमा सबैलाई ढोका बलियोसँग लगाएर बस्न भनिएको छ। फ्लोरिडामा प्रशासनले सबैलाई घरमा सुरक्षित भएर बस्न भनिसकेको छ।

बिहीबार नै धेरै पसलहरू र औद्योगिक क्षेत्रमा बिजुली बत्ती बिना नै काम भएको थियो। ग्राहकले आफूले सामान लेनदेन पनि गरेका थिए। केही क्षेत्रमा अहिले ठुलो वर्षाको जोखिम समेत जनाइएको छ। यो जोखिम फ्लोरिडामा नै धेरै हो। अहिले नै फ्लोरिडामा दुई लाख ९१ हजार ५३३ जना बिजुली बिना अँध्यारोमा बसेका छन्।

विज्ञले सो आँधीको गति १८० किलोमिटर प्रतिघन्टसम्म हुन सक्ने चेतावनी दिएका छन्। अहिले त्यहाँको मौसम विभागले धेरै स्थानमा प्रभाव पार्न सक्ने चेतावनी दिइसकेको छ। फ्लोरिडाबाट टिनेजमा जाने बाटोमा नै यो समस्या आउन सक्ने छ। अहिले हेलेन आइपुग्नु अगावै फ्लोरिडामा वर्षाले त्यहाँको जनजीवनमा समस्या देखिएको छ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ९ : १६ बजे

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा दुई खर्ब

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर– दाङका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३-०८४ का

सर्वोच्चले दिएन विष्णु पौडेलको पक्षमा अन्तरिम आदेश, सरकारसँग सोध्यो पक्राउ गर्नुको कारण

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग