अबको तीन दिन देशभर भारी वर्षा, २० जिल्ला उच्च जोखिममा « Khabarhub

अबको तीन दिन देशभर भारी वर्षा, २० जिल्ला उच्च जोखिममा


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अबको तीन दिन देशभर भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न नदीको बहाव बढ्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाले मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गर्दै आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने जनाएको छ । वर्षाका कारण नदीहरूको जल सतह बढ्न सक्ने जानकारी महाशाखाले दिएको छ ।

असोज ११ गते नारायणी नदीमा उच्च जोखिम र १२ गते अतिउच्च जोखिम रहने विभागको अनुमान छ ।

यस्तै कन्काई नदी ११ गते उच्च जोखिम हुने र अरु समयमा मध्यम जोखिम हुने जनाइएको छ ।

कमला नदी असोज ११ गते उच्च र १२ गते मध्यम तथा बागमती नदी पँधेरा दोभानमा ११ गते उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहेको महाशाखाले जानकारी गराएको छ ।

यस्तै पूर्वी राप्ती रजैयामा असोज ११ गते मध्यम जोखिम रहेको छ । असोज १२ गते उच्च जोखिम रहेको विवरण सार्वजनिक गरेको छ ।

यस्तै पश्चिम राप्ती कुसुममा असोज ११ गते मध्यम जोखिम रहेको छ।

असोज १२ गते भने अति उच्चजोखिम रहेको तथा बबई नदी असोज ११ गते मध्यम जोखिम छ । असोज १२ गते अति उच्च जोखिम रहेको जनाइएको छ ।

यी उच्च र मध्यम जोखिम रहेका नदी तथा त्यसका सहायक नदीहरूमा जलसतह खतराको तह आसपास र केही क्षेत्रमा खतराको तहसमेत पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

अबको तीन दिन ती नदी तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध पनि गरिएको छ । असोज १४ गतेदेखि भने यस प्रणाली कमजोर हुने जनाइएको छ ।

भारी वर्षाका कारण विभिन्न २० जिल्लामा अति उच्चसतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

उच्च जोखिमका जिल्लाहरू

सप्तरी, उदयपुर, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, पाल्पा, स्याङ्जा र पर्वत ।

 

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १२ : २८ बजे

सिपाही–सेलिब्रेटी बनेका प्रशान्तको बलिउड सपना अधुरै

काठमाडौं- प्रशान्त तामाङ (४ जनवरी १९८३ – ११ जनवरी २०२६) भारतमा जन्मिएका

मेचीनगरमा प्रथम भाक्का उत्सव

झापा‍– मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भाक्का पिठ्ठा उत्सव

तनहुँमा बीभत्स अवस्थामा भेटिए तीन शव, एक जनाको सनाखत

दमौली– शनिबारको बिहान करिब ९ः३० बज्दै थियो । शान्त देखिने

सम्भावित अमेरिकी आक्रमणविरुद्ध इरानले दियो चेतावनी

दुबई- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका