दशैंअघि उखु किसानले पाउलान् त अनुदान रकम ? « Khabarhub

दशैंअघि उखु किसानले पाउलान् त अनुदान रकम ?


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उखु किसानले यसवर्षको दशैंअघि उखुको अनुदान रकम नपाउने भएका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा किसानले उखु बिक्री गरेबापत सरकारले दिने अनुदानबापत रकम पाएका छैनन् ।

सरकारले गत आवमा किसानले उखु बिक्री गरेबापत प्रतिक्विन्टल ७० रुपैयाँ रकम अनुदानबापत पाउनुपर्ने हो । तर, दशैंलगायतका महत्त्वपूर्ण चाडपर्व नजिकिँदा पनि उखु किसानले सरकारबाट अनुदान नपाउने देखिएको हो ।

खासगरी, तराइका उखु किसानले चिनी मिलहरुलाई उखु बिक्री गरेबापत बिक्रिदरको आधारमा सरकारबाट अनुदान पाउँछन् । गत वर्ष उखु बिक्री गरेका किसानले सरकारबाट पाउनुपर्ने अनुदान रकम भने पाउन नसकेका हुन् ।

गत आवमा किसानले उखु बिक्री गरेबापत सरकारबाट पाउनुपर्ने १ अर्ब ३२ करोड रुपैयाँ अनुदान रकम नपाएको उखु किसान संघका अध्यक्ष कपिलमुनी मैनालीले खबरहबलाई जानकारी दिए । सरकारले अनुदान रकम दशैं अघि नै दिने आश्वासन दिए पनि अहिलेसम्म किसानले भुक्तानी नपाएको उनको भनाइ छ ।

उनका अनुसार, यसअघि सरकार र उखु किसानबीच भएको छलफलमा दशैं अघि नै अनुदान रकम उपलब्ध गराउने सम्झौता भएको थियो । ‘उखु किसानले सरकारबाट पाउने अनुदान ७० रुपैयाँ प्रतिक्विन्टलका दरले हो । त्यसमा एक अर्ब ३२ करोड रुपैयाँ अनुदानबापत पाउन बाँकी छ,’ उनले भने, ‘सरकारले असोज २० अर्थात् दशैं अघि दिने भनेर सहमति गरेको थियो ।’

गत २०८१ असोज ४ मा सर्लाहीका किसानहरूले जिल्ला प्रशासन कार्यालय पुगेर  अनुदान रकम उपलब्ध गराइदिन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

आश्वासनकै भर मानेर गरेनन् आन्दोलन

विगतका वर्षहरू पनि किसानले सरकारी अनुदान रकम पाउनुपर्ने  माग गर्दै सडकमा आन्दोलन गर्ने गरेका थिए । सर्लाहीलगायत विभिन्न जिल्लाका किसानहरू काठमाडौंको माइतीघरमै आएर भुक्तानी दिलाइदिन माग गर्दै प्रदर्शन गर्ने गरेका थिए । तर, यसपाली भने किसानले त्यस्तो आन्दोलन भने गर्नु परेन । अर्थात्, सरकारले असोज २० भित्र नै उखुको अनुदान रकम उपलब्ध गराइदिने आश्वासन दिएको थियो ।

किसानले पनि सरकारी आश्वासन पत्याएर सडकमा प्रदर्शन र आन्दोलनको बाटो तताएनन् । तर, सरकारले दशैं अगावै किसानलाई अनुदान रकम दिने प्रतिबद्धता जनाएपछि त्यो आश्वासनमै सीमित हुने देखिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १ : ३७ बजे

प्रचण्डले जितेको गोरखा २ बाट एमालेले चक्रे मिलनलाई अघि सार्‍यो

काठमाडौं- गोरखा क्षेत्र नं–२ बाट फागुन २१ गतेको प्रतिनिधि सभाको

पदमार्गले जोडिए व्यास र बन्दीपुरका घरबास

डुम्रे– पदमार्गले तनहुँका दुई पालिकाका घरबास (होमस्टे) जोडिएका छन् ।

मिर्गौला पीडितहरूद्वारा सहयोगको याचना

गलकोट– मिर्गौलामा समस्या देखिँदा मनिषा १७ वर्षकी थिइन् । उनी

सर्वोच्च अदालतमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानन्यायाधीश राउतसँग अलग्गै वार्ता

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार सर्वोच्च अदालत पुगेकी छन् ।

प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी

नारायणगढ– हालै प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको देवघाटमा यस वर्ष