रास्वपाको पत्रकार सम्मेलन : चीन गएको उपलब्धि पनि सुनाउने  « Khabarhub

रास्वपाको पत्रकार सम्मेलन : चीन गएको उपलब्धि पनि सुनाउने 


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीन भ्रमण छोट्टाएर नेपाल फर्केका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले आज पार्टी कार्यालय चमतिमा पत्रकार सम्मेलन गर्दैछन् ।

चीन नेपाल सम्बन्ध, उपलब्धि, चीनले नेपालका पार्टी र रास्वपालाई हेर्ने नजरबारे सम्मेलनमा जानकारी दिने रास्वपाको तयारी छ । यस्तै, भ्रमणका बेलामा भएको प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम पनि रहेको रास्वपा नेता गणेश पराजुलीको भनाइ छ।

पराजुलीका अनुसार आजको कार्यक्रममा रास्वपा उपसभापति स्वर्णिम वाग्ले र पार्टी प्रवक्ता मनिष झाले सम्बोधन गर्नेछन् ।

गत शनिवार चीनतर्फ प्रस्थान गरेका रास्वपाका १४ जना नेता बिहीबार नेपाल आइपुगेका थिए ।  नेताहरूले चीनमा तीन वटा कार्यक्रमहरूमा सहभागी जनाएका थिए ।

नौ दिनको भ्रमणका लागि गएका उनीहरू सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ पर्ने हल्लापछि नेपाल फर्किएका हुन्।उनीहरूलाई सभापति लामिछानेलाई नै नेपाल फर्किन आग्रह गरेका थिए। यसबारे पनि केही खण्डन गर्न रास्वपा नेताहरूको तर्क छ ।

चिनिया कम्युनिस्ट पार्टीको निमन्त्रणामा पहिलो पटक चीन भ्रमणमा गएका रास्वपा नेताहरूले आफ्नो पार्टीको सिद्धान्त र धारणाबारे भने प्रस्तुति राख्ने नपाएकोमा दुख व्यक्त गरे ।

पराजुलीले भने, ‘आफ्नो पार्टीको प्रस्तुति राख्न पाइएन । पछुतो त्यसमै छ ।’

यस्तै, आइतबार रास्वपाले केन्द्रीय समितिको बैठक पनि बोलाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  २ : ३७ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा