सानिमा बैंकका कर्मचारी थापा र ढकालको बढुवा « Khabarhub

सानिमा बैंकका कर्मचारी थापा र ढकालको बढुवा


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सानिमा बैंक लिमिटेडले दुई वरिष्ठ कर्मचारीको बढुवा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले सर्जु कुमार थापालाई सहायक प्रमुख कार्यकारी अधिकृतबाट नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, निरज ढकाललाई सहायक महाप्रबन्धकबाट सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरिएको छ ।

थापाले सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकिङ क्षेत्रमा काम गरेका थिए । त्यसपछि माछापुच्छ्रे बैंकमा करिब १० वर्ष सेवा गरेका उनी पछिल्लो दुई वर्षदेखि पुनः सानिमा बैंकमा कार्यरत छन् ।

त्यस्तै, ढकाल सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा आबद्ध रहँदै आएका छन् । बैंकिङ क्षेत्रमा दुवैको २५ वर्षभन्दा बढीको अनुभव रहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ११ : २२ बजे

चिकित्सक भन्छन्- नवजात शिशुको मृत्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य

काठमाडौँ-जन्मँदा स्वस्थ देखिने सबै शिशु रोगमुक्त हुन्छन् भन्ने हुँदैन ।

सानिमा बैंकका कर्मचारी थापा र ढकालको बढुवा

काठमाडौं– सानिमा बैंक लिमिटेडले दुई वरिष्ठ कर्मचारीको बढुवा गरेको छ

जङ्गलमै बास बसेर सोवाङधुरी जोड्ने पदमार्ग निर्माण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका बासिन्दाले जङ्गलमै बास बसेर पर्यटकीयस्थल

तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी

इरानमा ‘कमसल’ मादक पेय पदार्थ सेवनबाट ३२ जनाको मृत्यु

तेहरान– इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि ‘गुणस्तरहीन’ पेय पदार्थ