विरोधबीच सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस « Khabarhub

विरोधबीच सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विरोधबीच अवकाशमा जान लागेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा दुईजना न्यायाधीशको नाम सिफारिस गर्न सफल भएका छन् ।

सेवानिवृत्त हुना एक सातामात्रै बाँकी रहँदा शुक्रबार डाकिएको न्यायपरिषद्को बैठकमार्फत उनले उच्च अदालतका दुईजना मुख्य न्यायाधीशलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिस गराउन सफल भएका हुन् ।

रामशाहपथस्थित परिषद् सचिवालयमा बिहान १० बजेदेखि बसेको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृनृपध्वज निरौला र उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेको नाम सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको हो ।

न्याय परिषद्‍को सचिवालयमा बैठक बसिरहँदा बाहिर भने वकिलहरूले विरोध जनाएका थिए । विरोधबीच न्यायाधीश नियुक्त गर्ने तयारी भएको थियो ।

प्रधानन्याधीश श्रेष्ठले सर्वोच्च अदालतमा ६ र उच्च अदालतमा १७ जना न्यायाधीश नियुक्त गर्ने तयारी गरेका थिए । तर अन्य सदस्यको असहमतिका कारण दुईजना मात्रै न्यायाधीश नियुक्तिका लागि सिफारिस भएको हो ।

बैठकमा सहभागी एक सदस्यका अनुसार कानुनमन्त्री अजय चौरासिया, सरकारका प्रतिनिधि रामप्रसाद भण्डारी र बारका प्रतिनिधि रामप्रसाद श्रेष्ठले सर्वोच्चमा २ जना मात्र न्यायाधीश नियुक्ति गर्न र अन्य नयाँ प्रधानन्यायाधीशको पालामा टुंग्याउन सुझाव दिएका थिए ।

प्रधानन्यायाधीश श्रेष्ठ असोज २० मा अवकाशमा जाँदैछन् । असोज १७ बाट दसैँ बिदाका कारण अदालत बन्द हुन लागेकाले श्रेष्ठले दीर्घकालीन निर्णय गर्न नहुने अन्य सदस्यहरूले सुझाएका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  २ : ४३ बजे

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको

तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने