विरोधबीच सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस « Khabarhub

विरोधबीच सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विरोधबीच अवकाशमा जान लागेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा दुईजना न्यायाधीशको नाम सिफारिस गर्न सफल भएका छन् ।

सेवानिवृत्त हुना एक सातामात्रै बाँकी रहँदा शुक्रबार डाकिएको न्यायपरिषद्को बैठकमार्फत उनले उच्च अदालतका दुईजना मुख्य न्यायाधीशलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिस गराउन सफल भएका हुन् ।

रामशाहपथस्थित परिषद् सचिवालयमा बिहान १० बजेदेखि बसेको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृनृपध्वज निरौला र उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेको नाम सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको हो ।

न्याय परिषद्‍को सचिवालयमा बैठक बसिरहँदा बाहिर भने वकिलहरूले विरोध जनाएका थिए । विरोधबीच न्यायाधीश नियुक्त गर्ने तयारी भएको थियो ।

प्रधानन्याधीश श्रेष्ठले सर्वोच्च अदालतमा ६ र उच्च अदालतमा १७ जना न्यायाधीश नियुक्त गर्ने तयारी गरेका थिए । तर अन्य सदस्यको असहमतिका कारण दुईजना मात्रै न्यायाधीश नियुक्तिका लागि सिफारिस भएको हो ।

बैठकमा सहभागी एक सदस्यका अनुसार कानुनमन्त्री अजय चौरासिया, सरकारका प्रतिनिधि रामप्रसाद भण्डारी र बारका प्रतिनिधि रामप्रसाद श्रेष्ठले सर्वोच्चमा २ जना मात्र न्यायाधीश नियुक्ति गर्न र अन्य नयाँ प्रधानन्यायाधीशको पालामा टुंग्याउन सुझाव दिएका थिए ।

प्रधानन्यायाधीश श्रेष्ठ असोज २० मा अवकाशमा जाँदैछन् । असोज १७ बाट दसैँ बिदाका कारण अदालत बन्द हुन लागेकाले श्रेष्ठले दीर्घकालीन निर्णय गर्न नहुने अन्य सदस्यहरूले सुझाएका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  २ : ४३ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम