अविरल वर्षाका कारण नदीको सतह बढ्दो, सतर्कता अपनाउन महानगरको आग्रह « Khabarhub

अविरल वर्षाका कारण नदीको सतह बढ्दो, सतर्कता अपनाउन महानगरको आग्रह


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले अविरल वर्षाका बीच आवश्यक सतर्कता अपनाउन र विपद् सामनाका लागि पूर्वतयारी गर्न आग्रह गरेको छ ।

उपत्यकामा बिहीबार रातिदेखि लगातार भइरहेको वर्षा र वर्षाका कारण हुन सक्ने सम्भावित विपद्बाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।

महानगरपालिकाले शुक्रबार दिउँसो सूचना जारी गर्दै भनेको छ, ‘नियमित झरी र समय समयमा भारी वर्षा भई रहेकोले काठमाडौंका नदीहरूमा पानीको प्रवाह उच्च भएको छ । यसबाट बस्ती डुबान, जमिन कटान, जन धनको क्षतिको जोखिम बढेको छ ।’ सार्वजनिक सूचनामा नदी किनारा, खोला, खोल्सामा अत्यावश्यक कामबाहेक नजानसमेत सचेत गराएको छ । ‘नदी किनारा, खोला, खोल्सामा अत्यावश्यक कामबाहेक नजाऔँ । पानी जम्मा भएको सडकमा प्रवेश नगरौँ,’ सूचनामा भनिएको छ, ‘सवारी प्रवेश नगराऔँ, कोरिडोर, सडक किनारा, सडक तथा गल्लीमा सवारी पार्किङ नगरौँ, अनावश्यक सामान राखेर आवागमनमा अवरोध नगरौँ ।’

महानगरपालिकाले जलजन्य विपद् (डुबान, कटान, बाढी, पहिरो) को जोखिम भए तत्काल सम्पर्क गर्न पनि भनेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ३ : ०० बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा