ब्रेकिङ स्टोरी

मुग्लिङ-काठमाडौं सडकको दर्जन ठाउँमा पहिरो, राजधानी जोड्ने मुख्य नाका ठप्प

By खबरहब

September 27, 2024

काठमाडौं- शुक्रबार बिहानैदेखि परेको बर्षाका कारण मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो झरेको छ ।

जसका कारण संघीय राजधानी जोड्ने मुख्य राजमार्ग पूरै ठप्प भएको छ । यसका कारण चाडवाडको मुख्यमा राजधानीबाट घर जाने यात्रुको कन्तबिजोग भएको छ ।

यस सडकखण्डअन्तर्गत कोइराले, ८ किलो, नागढुङ्गा, सुरुङमार्ग लगायत दर्जनबढी ठाउँमा झरेको पहिरोका कारण यातायात अवरुद्ध छ ।

प्रहरीले पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी रहेको जनाएको छ । तर एक ठाउँको पहिरो पन्छाइसक्दै अर्को ठाउँमा पहिरो झर्ने गरेकाले यात्रुलाई सास्ती भएको छ ।

प्रहरीका अनुसार मुग्लिङ-नारायणगढ र पाेखरा सडकखण्ड सामान्य छ । बर्षा नरोकिएकाले अत्यावश्यकबाहेक यात्रा नगर्नसमेत प्रहरीले आग्रह गरेको छ ।