समाचार

दरबारमार्गमा मूल सडकमै ढल्यो रुख, कुनै क्षति भएन

By खबरहब

September 27, 2024

काठमाडौं- दुई दिनदेखिको बर्षातका कारण दरबारमार्गमा रुख ढलेको छ ।

दरबारमार्गस्थित इन्भेस्टमेन्ट बैंकको कार्यालय जाने मोडमै एउटा रुख ढलेको हो ।

रुख ढलेपछि केही बेर उक्त क्षेत्रमा यातायात अवरुद्ध भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीले वर्षापछि भारी भ‌एको रुख हावा चल्दा ढलेको बताए ।

रुख ढले पनि सवारी साधन र मानिस कसैलाई क्षति भएको छैन । उक्त रुखलाई ट्राफिक प्रहरी र काठमाडौं महानगरपालिकाको नगर प्रहरीले काटेर हटाएका छन् ।