चाडपर्व मनाउन जानेको यात्रा सहज र सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण « Khabarhub

चाडपर्व मनाउन जानेको यात्रा सहज र सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले चाडपर्वको समयमा घर जाने नागरिकका लागि सहज यात्रा गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

एमालेको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर सडकहरूको मर्मत गर्नुपर्ने, यातायातका साधनको अभाव हुन नदिन, यात्रुहरूको सुरक्षाको व्यवस्था लगायतका विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

विभागका प्रमुख खिमलाल भट्टराईले यात्रुहरूको ठूलो पंक्तिका लागि सहज रूपमा सवारी साधनको व्यवस्था गर्न, राजमार्गहरूको मर्मत सम्भार गर्न ध्यानाकर्षण गराइएको बताए । उनले सम्भावित दुर्घटना र जोखिमबाट बच्न सडक एम्बुलेन्स र आवश्यक सुरक्षाकर्मीहरूको प्रबन्ध गर्न ध्यानाकर्षण गराए ।

राजमार्ग छेउका होटलहरुमा गुणस्तरीय खाजा खानाका साथै ठगि हुन नदिन सरोकारवाला निकायको प्रभावकारी परिचालन गर्न पनि उनले आग्रह गरे ।

ध्यानाकर्षण पत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री सिंहले चाडपर्वलाई सुरक्षित तवरले मनाउने वातावरण बनाउन सरकारी निकायबीच समन्वयकारी ढंगले काम भइरहेको जानकारी दिए  । ध्यानाकर्षणमा रहेका बुँदाहरूलाई कार्यान्वयनका लागि आफूले सक्दो पहल गर्ने उनको भनाइ छ ।

त्यस्तै एमालेले चाडपर्वमा हुनसक्ने महंगी र कालोबजारी रोक्न प्रभावकारी अनुगमन गर्नुपर्ने, सुपथ मूल्यका पसलहरू देश भरी खोल्नुपर्ने लगायतका सुझाव दिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ५ : ४२ बजे

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण

चीनले नेपाललाई राहत सामग्री पठायो, दुई सैन्य विमान काठमाडौँमा अवतरण

काठमाडौँ- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित

मेसीको चार गोलमा मियामीको ऐतिहासिक जित, मोन्ट्रियल ७-१ ले पराजित

काठमाडौँ – लियोनेल मेसीको उत्कृष्ट चार गोलको मद्दतले इन्टर मियामीले