दोलखामा विद्यार्थी भर्ना नहुँदा सिभिल इन्जिनियरिङको पढाइ बन्द « Khabarhub

दोलखामा विद्यार्थी भर्ना नहुँदा सिभिल इन्जिनियरिङको पढाइ बन्द


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

दोलखा– सरकारको गाउँ गाउँमै प्राविधिक उत्पादन गर्ने अभियान अन्तर्गत दोलखाका करिब आधादर्जन विद्यालयहरूमा सञ्चालित तीन वर्षे सिभिल इन्जिनियरिङ विषयको पढाइ बन्द भएका छन् । अनुमति पाएका यहाँका पाँच विद्यालयमध्ये चार वटामा विद्यार्थी भर्ना हुन नआएपछि पढाइ बन्द भएको बताइएको छ ।

जिरी प्राविधिक शिक्षालय जिरीमा अहिलेसम्म ४८ जनाको कोटामा छ जना विद्यार्थी भर्ना भएका छन् । ग्रेड वृद्धिको नतिजासँगै अरु विद्यार्थी भर्ना हुन आउने झिनो आशा रहेको शिक्षालय प्रमुख कर्म शेर्पाले जानकारी बताए ।

उनका अनुसार तीन वर्ष अघिसम्म कोटा पूरा हुने गरेको थियो । गत वर्ष २१ जना मात्रै भर्ना भए । यो वर्ष छ जनाभन्दा बढी भर्ना हुने आशा झिनो रहेको छ । विद्यार्थी कम हुँदा अनुदान पनि कम आउँछ । कक्षा सञ्चालन सङकटमा पर्न थालेको छ ।

विद्यार्थी भर्ना नहुँदा शैलुङ गाउँपालिकाको दुर्गा माध्यमिक विद्यालयमा गत वर्षदेखि नै यो विषयको पढाइ बन्द भएको छ । विद्यालयका प्रधानाध्यापक बालकृष्ण दाहालले भने, सुरु सुरुमा यो विषय राम्रै लाग्यो । बिस्तारै गहन अध्ययन, खर्चिलो ,रोजगारी पाइनहाल्ने र पालिकाले ५० प्रतिशत विद्यार्थी स्थानीय हुनुपर्ने अन्यथा अनुदान नदिने नीति बनाएपछि झन् जटिल बनेको दाहालले बताए । यो विषय रद्द गरेर विज्ञान विषयको पठनपाठन सुरु गरिएको छ ।

बिगु गाउँपालिकाको बिगु पोलिटेक्निक इन्स्टिच्युटमा पनि यो विषयको पढाइ बन्द भएको छ । प्रिन्सिपल माया शेर्पाले बताइन्। क्रमश ४६, २२ र १२ हुँदै यसपालि विद्यार्थी भर्ना हुन नआएपछि पढाइ बन्द भएको छ । जिल्लामा यो विषय सञ्चालन गर्ने धेरै विद्यालय भए । विद्यार्थीको सहर पस्ने तीव्र चाहना, तीन वर्षे पढाइले पनि रुचि कम भएको देखिन्छ । दुई वर्षमै +१२ उत्तीर्ण गरी विदेश जानेले पनि यो विषय ओझेलमा पर्न थालेको छ ।

सदरमुकामको कालिञ्चोक माध्यमिक विद्यालयमा पनि यो वर्ष भर्ना शून्य रहेको छ । मेलुङ गाउँपालिकाको त्रिभुवन माध्यमिक विद्यालयमा पाँच जना सम्पर्कमा आए पनि भर्ना हुन अझै आएका छैनन् । विद्यालयका प्रधानाध्यापक सन्तोष श्रेष्ठले बताए ।  क्रमशः २७, २३ र ११ हुँदै भर्ना घट्दै गएकाले यो वर्ष पढाइ बन्द हुने बढी सम्भावना रहेको छ । थोरै विद्यार्थी हुँदा सञ्चालनमा कठिनाइ हुन्छ । विद्यालयले खर्च धान्ने अवस्था छैन ।

वैतेश्वर-४ को नमुना विद्यालय  हनुमन्तेश्वर माध्यमिक विद्यालयको हालत पनि उस्तै छ। यहाँ पनि सिभिल अन्तर्गतका विद्यार्थी वर्सेनी घट्दै गएका छन् । सरकारले पूर्ण सहयोग गरी यसप्रति विशेष रुचि बढाउने वातावरण सिर्जना नभए खुलेका प्राविधिकधारका अन्य विषयको पठनपाठन पनि बन्द हुने अवस्थामा पुगेको विद्यालय तथा जिल्लाका शिक्षकहरू बताउँछन्।
-सुबास बस्नेत

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ७ : ४४ बजे

मध्यपूर्व युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्य घट्यो

कोलम्बो– मध्यपूर्वमा तनाव कम हुँदै युद्धविरामको वातावरण बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा

विद्युत् सेवा नियमित गर्न जेन-जी युवाको माग

उदयपुर– जेन-जी युवा समूहले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा विद्युत् सेवालाई 

कोशी प्रदेशसभा बैठकको समय परिवर्तन

विराटनगर– कोशी प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको समय

हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने कार्यको जग बस्यो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक,

‘एचाइभी सङ्क्रमितलाई अझै समाजले  हेयको दृष्टिले हेर्दछन्’

टीकापुर– एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक व्यवहार नभएकाले औषधि उपचार गर्दा