चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह « Khabarhub

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका कारण क्षतविक्षत भएका सडकहरू चाडपर्वका समयमा अस्थायी रूपमै भए पनि सञ्चालनयोग्य बनाउन आग्रह गरेका छन् ।

सिंहदरबारमा सोमबार बसेको पूर्वाधार विकास समिति बैठकमा अध्यक्ष सिटौलाले विगत दुई वर्षदेखि प्राकृतिक प्रकोपका कारण सडक तालिका बिग्रिएको र यसपटक बाढीपहिरोका कारण सडकहरू क्षतविक्षत भएको उल्लेख गरे । 

चाडपर्वका लागि आगामी १५–२० दिन अस्थायी रूपमै भए पनि खाल्डाखुल्डी पुरे सम्बद्ध सबै पक्ष मिलेर सडक सञ्चालनयोग्य बनाउन उनले आग्रह गरे ।

उनले अग्रिम टिकट बुकिङ खोल्नु मात्र ठूलो कुरा नभई यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउनु मुख्य चुनौती भएको धारणा राखे । 

नयाँ बसपार्क तथा सरकारले तोकेका आधिकारिक काउन्टरबाट मात्र परिचयपत्र र ड्रेस लगाएका कर्मचारीमार्फत टिकट काट्ने व्यवस्था मिलाउनुपर्नेमा उनले जोड दिइन् । 

अध्यक्ष सिटौलाले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि चाडपर्वको अवधिभर पेट्रोलियम पदार्थको मूल्य नबढाउन र घाटा भए सरकारले नै बेहोर्न आग्रह गरे । इन्धनको मूल्य नबढेमा व्यवसायीहरूले कुनै पनि हालतमा भाडा नबढाउने उनले स्पष्ट पारे । 

उनले घटस्थापनादेखि टीकाको समयमा यात्रुको अत्यधिक चाप हुने भएकाले काठमाडौं उपत्यकाका राम्रा गाडीहरूलाई पनि बाहिर चलाउन अनुमति दिने व्यवस्था मिलाउनुपर्ने धारणा राखे  ।

चाडपर्वको मुख्य समयमा मालवाहक ठूला सवारी साधनलाई नारायणगढ लगायतका स्थानमा रोकेर यात्रुवाहक बसलाई पहिलो प्राथमिकता दिनुपर्ने विगतको अभ्यास लागू गर्न उनले आग्रह गरे ।  

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  २ : ०१ बजे

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको

बीपी राजमार्ग खोल्न अवरोध हटाउने कार्य जारी

काठमाडौं– पहिरो र बाढीका कटानका कारण अवरुद्ध बीपी राजमार्गलाई खुलाउनका

राष्ट्रिय पब्जी मोबाइल च्याम्पियनसिपको फाइनल आज

काठमाडौं– नेपालमा महिला ई–स्पोट्र्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवद्र्धन गर्ने

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्यांकन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम– मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो