कालो बजारी नियन्त्रण गर्न एमालेको माग « Khabarhub

कालो बजारी नियन्त्रण गर्न एमालेको माग


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)ले चाडपर्वमा हुनसक्ने कालो बजारी नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । एमालेको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले आज कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण पत्र बुझाउँदै चाडवाड नजिकीयसँगै कालो बजारी र महँगी बढ्ने भएकाले नियन्त्रण गर्न माग गरेको हो ।

विभागका प्रमुख खिमलाल भट्टराईको नेतृत्वमा गएको टोलीले चाडवाडमा हुनसक्ने कालोबजारी र महँगी नियन्त्रणको लागि तत्काल अनुगमन सयन्त्रलाई परिचालन गर्नुपर्नेमा माग राखेको छ ।

यस्तै गुणस्तरीय र सुपथ मूल्य पसलहरु देशभरि सञ्चालन गर्नुपर्ने, चामल, दाल, तेल, चिनी, तरकारी, फलफूल र मासुजन्य वस्तुहरु सर्वसुलभ र सुपथ मूल्यमा पाउने वातावरण बनाउन माग गरिएको छ ।

चाडपर्व नजिक आइरहेकाले तत्काल सडकको मर्मत र खाल्डाखुल्डी पुर्नुपर्ने, चाडपर्वमा आवतजावतका लागि यातायातको साधन अभाव हुन नदिन वैकल्पिक व्यवस्था गर्न, सुरक्षा प्रबन्धका निम्ति ठाउँठाउँमा प्रहरी र यातायातको सहज व्यवस्थापनका लागि पनि माग गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री सिंहले चाडपर्वलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिइसकेका बताउनुभएको नेता भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १० : ५३ बजे

नेमकिपाको गढ भक्तपुर-१ मा घन्टीले ८८८ मत ल्याउँदा मादलको ७५

काठमाडौँ- भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

काठमाडौँ-१ मा रास्वपाकी रञ्जु न्यौपाने धेरै अगाडि

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम अनुसार

भक्तपुरमा राजीव खत्री अगाडि, महेश बस्नेत पछि परे

भक्तपुर- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो ताजा मतपरिणाम

काठमाडौं-३ मा कुलमानको अग्रता कायमै

काठमाडौं- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम अनुसार

भक्तपुर-२ मा महेश बस्नेत अगाडि, राजीव खत्री पछिपछि

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम