जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले भने- युक्रेनमा रूसको युद्ध समाप्त गर्ने समय आयो « Khabarhub

जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले भने- युक्रेनमा रूसको युद्ध समाप्त गर्ने समय आयो


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिको दौडमा रहेकाडोनाल्ड ट्रम्पले शुक्रबार युक्रेनका राष्ट्रपति भ्लोलोदिमिर जेलेन्स्कीसँग न्यूयोर्कमा भेटवार्ता गरेका छन् ।

न्यूयोर्कस्थित ट्रम्प क्याम्पमा भएको यस भेटवार्तामा राष्ट्रपति पदका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले युद्ध रोक्नुपर्ने बताएका छन् ।

आफ्नो चुनावी अभियानमा लगातार युक्रेनका राष्ट्रपति भ्लोदोमिर ज़ेलेन्स्कीको ट्रम्पले आलोचना गरिरहेका छन् । यस्तोमा यी दुई नेताबीच यो भेटको अपेक्षा कमैले गरेका थिए ।

भ्लोदोमिर जेलेन्स्कीले भेटपछि आफ्नो जस्तै ट्रम्पको पनि यो युद्ध समाप्त गर्नुपर्ने विचार रहेको बताए । ट्रम्पले पनि यो युद्धमा रसियाले जित निकाल्न नसक्ने आफ्नो जस्तै समान धारणा राखेको पनि उनले बताएका छन् ।

तर कयौँ समयदेखि ट्रम्प र जेलेन्स्कीबीच रसियासँगको युद्धलाई लिएर कयौँ मतभेद रहेका छन् । यो भेटपछि भने ट्रम्पले आफ्नो सम्बन्ध जेलेन्स्कीसँग राम्रो रहेको जिकिर गरेका छन् ।

‘राष्ट्रपति पुटिनसँग पनि मेरो धेरै राम्रो सम्बन्ध छ । मलाई लाग्छ यदि हामीले चुनाव जित्यौँ भने सबै समस्याको समाधान निकाल्नेछौँ ।’

पत्रकारसँगको कुराकानीका क्रममा ट्रम्पले जेलेन्स्की र उनको देश यो बेला एकदमै कठिन अवस्थाबाट गुज्रिरहेको बताएका छन् । ट्रम्पले देशमा आएको संकटलाई राम्ररी सम्हालेको भन्दै जेलेन्स्कीको प्रशंसा पनि गरे ।

जेलेन्स्की राष्ट्रसंघको महासभामा भाग लिन गत आइतबार नै पुगेका थिए । उनी र ट्रम्पबीचको भेटघाट बिहीबार तय गरिएको थियो ।

ट्रम्पले भेटपछि एक्समा भनेका छन्, ‘हाम्रा लागि एकअर्काको सम्पर्कमा रहने र एक-दोस्रोलाई १०० प्रतिशत बुझ्नु पनि जरुरी छ ।’

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ११ : ४४ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज