आज २०८१ साल कात्तिक ११ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल कात्तिक ११ गते आइतबारको राशिफल


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक ११ गते आइबार तदनुसार सन् २०२४ अक्टुबर २७ तारिख। कात्तिक कृष्ण पक्षको दशमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दैनिकी सामान्य छ।  ठुलो योजनामा वा काममा हात नहालेको राम्रो हुन्छ। जटिल परिस्थिति देखिए पनि परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : समय राम्रो छ। श्रम गरेको क्षेत्रबाट प्रगति हुनेछ। स्वास्थ्य, शिक्षा र रोजगारीमा सामान्य लाभ मिल्नेछ। स्वदेशी लगानीबाट फाइदा हुने योग छ।

मिथुन : दिन संघर्षपूर्ण छ। कुरा काट्नेहरु बढ्नेछन्। ठूला उद्योगमा हात नलगाउनु राम्रो हुन्छ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : विवाद बढ्नेछ। सामाजिक सेवामा मन जानेछ। परिवारको साथ मिल्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। प्रविधिको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

सिंह : कुनै योजना भए गोप्यता कायम गर्नु राम्रो हुनेछ। पारिवारिक खटपट हुने योग रहेकाले बोल्दा ख्याल गर्नुपर्ने दिन छ। सोचेको काम नबन्ने जोखिम छ।

कन्या : शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। साथीले दिएको राम्रो सल्लाह अनुसार अगाडि बढ्नु उचित हुन्छ। परिवारको साथ मिल्नेछ। बन्धुको साथ लिएमा फाइदा होला।

तुला : आफ्नो प्रभाव विस्तार हुनेछ। तपाईंका खुट्टा तान्ने व्यक्तिसँगसँगै भएकाले व्यवहारमा विशेष ध्यान दिनुपर्ने दिन छ। शिक्षामा सफलता, स्वास्थ्यमा लाभ र परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ। पश्चिमको लामो यात्रामा नगर्नु राम्रो हुन्छ। परिवारमा तपाईंको बोली नबिक्ने भएकाले चुपचाप काम गर्नुपर्ने समय छ।

धनु : आइसकेको अवसर गुम्ने जोखिम छ। खर्च बढ्ने खतरा छ। वैदेशिक लगानीबाट फाइदा मिल्नेछ। परिवारको साथ रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दाजुभाइसँग सहकार्य गरेमो आम्दानी बढ्नेछ। अधुरा काम बन्नेछन्। गुम्न लागेको धन फिर्ता हुने योग छ। आज गरेको लगानीबाट उत्साह मिल्नेछ। प्रेममा सफलता प्राप्त हुनेछ।

कुम्भ : दाजुभाइसँगको सहकार्यमा सफलता मिल्नेछ। झुठा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। परिवारमा विवाद बढ्नेछ। साथीसँगको मनमुटावले दिन खराब बन्नसक्छ। कम बोलेर फाइदा लिन सक्नुहुन्छ।

मीन : काम बन्ने योग छ। स्वास्थ्यमा सुधार हुने देखिन्छ। शिक्षामा सफलता प्राप्त होला। आम्दानी बढ्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ५ : २० बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका