रियल म्याड्रिडमाथि बार्सिलोनाको चार गोल : १७ वर्षीय यमालले बनाए रेकर्ड | Khabarhub Khabarhub

रियल म्याड्रिडमाथि बार्सिलोनाको चार गोल : १७ वर्षीय यमालले बनाए रेकर्ड


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लागिको शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडमाथि ४-० को शानदार जित हात पारेको छ। यो जितसँगै बार्सिलोनाले चिर परिचित प्रतिद्वन्द्वी रियलमाथि ६ अङ्कको अग्रता कायम गरेको छ।

शीर्ष स्थानको बार्सिलोनाको ११ खेलमा ३१ तथा समान खेल खेलेको रियलको २४ अङ्क छ। भिल्लारियलको २१ अङ्क छ।

बार्सिलोनाको जितमा रोबर्ट लेडवास्कीले दुई गोल गरे। रियल आफ्नो अपराजित लिग खेलको यात्रा ४३ औँ खेलसम्म लम्ब्याउने प्रयासमा थियो। यस खेलमा नहारेको भए बार्सिलोनाले सन् २०१७ को अप्रिलदेखि सन् २०१८ को मेसम्म कायम गरेको कीर्तिमानसँग बराबरी गर्ने थियो।

पहिलो हाफ बराबरीमा सकिएको सो खेलमा दोस्रो हाफमा भने बार्सिलोनाले रियललाई तहसनहस पारेको थियो। ५४ औँ मिनेटमा मार्क कासाडोको थ्रो पासमा लेडवास्कीले पहिलो गोल गरेका थिए। त्यसको दुई मिनेटपछि नै उनले अलेजान्द्रो बाल्डेको क्रसमा हेड मार्फत गोल गरे।

१७ वर्षीय लामिन यमालले ७७ औँ मिनेटमा गोल गरे। उनी एल क्लासिकोमा गोल गर्ने सबै भन्दा कान्छो खेलाडी समेत बने। ब्राजिलियन स्टार राफिन्हाले ८४ औँ मिनेटमा गोल गरे।

शनिबार राति भएको खेलमा भिल्लारियलले रियल भालाडोलिडलाई २-१ ले, लास पल्मासले गिरोनालाई १-० ले तथा रायो भल्काननोले डेपोर्टिभो अल्भासलाई १-० ले हराएका छन्।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ६ : ३७ बजे

बक्यौता नउठाई उद्योगमा बिजुली जोडिएपछि सर्वोच्चले बोलायो सरकारलाई

काठमाडौं- डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत्

देशभरका किशोरीलाई निःशुल्क एचपीभी खोप लगाइनेछ : स्वास्थ्यमन्त्री

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट

नि:शुल्क उपचारको व्यवस्थापछि जलनपीडितले दिए स्वास्थ्यमन्त्रीलाई धन्यवाद 

काठमाडौं– जलनपीडितहरुले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई भेटेर धन्यवाद

त्रिभुवन विमानस्थल बन्द हुँदा गौतमबुद्धमा चहलपहल (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई स्तरोन्नति गर्न दैनिकजसो बन्द गर्न थालिएपछि

उद्योगमा लाइन जोडेसँगै पत्रकार सम्मेलन गर्दै कुलमान  

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङले बुधबार दिउँसो २