फोटो फिचर

सहकारी पीडितहरू र रास्वपाको आन्दोलन एकैठाउँ (तस्बिरहरू)

By खबरहब

October 27, 2024

काठमाडौं- पछिल्लो समय सहकारीपीडित र राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलन काठमाडौंमा चलिरहेको छ ।

आठ दिनअघि सभापति रवि लामिछाने पक्राउ परेपछि आन्दोलित रास्वपाले पोखरापछि आन्दोलनलाई काठमाडौंकेन्द्रित गरेको छ ।

उता सहकारीपीडितहरूको पनि आन्दोलन रोकिएको छैन । आइतबार मात्रै रास्वपा र सहकारीपीडितहरू माइतीघर मण्डलमा एकैठाउँ जम्मा भएर आन्दोलित भएका छन् ।

सहकारी ठगी र संगठित अपराध नियन्त्रण र अनुसन्धानमा रहेका लामिछानेको रिहाइसहित प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ता र सहकारी पीडितहरू एकै ठाउँ जम्मा भएर आन्दोलन गरेका हुन् ।

रास्वपाले रविको रिहाइका लागि आन्दोलन गरिरहेका बेला सहकारी बचत संरक्षण अभियानअन्तर्गतको समूहले पनि एकै समयमा माइतीघरमा आन्दोलनको कार्यक्रम राखेको थियो । त्यही क्रममा रास्वपा र सहकारी पीडितहरू एकठाउँ देखिएका हुन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी