च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित: लेवान्डोस्कीले पुर्याए १०० गोल | Khabarhub Khabarhub

च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित: लेवान्डोस्कीले पुर्याए १०० गोल


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोबर्ट लेवान्डोस्की च्याम्पियन्स लिगमा १०० गोल गर्ने तेस्रो खेलाडी बन्दा बार्सिलोनाले ब्रेस्टलाई ३–० ले हराएको छ।

मंगलबार राति भएको खेलमा लेवान्डोस्कीले २ गोल गरे। च्याम्पियन्स लिगमा धेरै गोल गर्नेमा क्रिस्टीयानो रोनाल्डो र लियोनेल मेसीपछि उनले धेरै गोल गरेका हुन्। रोनाल्डोले १४१ तथा मेसीले १२९ गोल गरेका छन्।

१० औँ मिनेटमा प्राप्त पेनाल्टीलाई उपयोग गर्दै लेवान्डोस्कीले १०० औं च्याम्पियन्स लिग गोल गरेका थिए।

डानी अल्मोले बार्सिलोनाका लागि पहिलो च्याम्पियन्स लिग गोल गर्दा बार्सिलोना दोस्रो गोलको अग्रता लिन सफल भएको हो। इन्जुरी समयमा अन्तिम गोल गरेपछि लेवान्डोस्कीले च्याम्पियन्स लिगमा व्यक्तिगत गोल सङ्ख्या १०१ पुगेको हो।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ६ : ५१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’