कृषि विकास रणनीतिको मध्यावधि समीक्षा « Khabarhub

कृषि विकास रणनीतिको मध्यावधि समीक्षा


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि विकास रणनीतिको मध्यावधि समीक्षामाथि सरोकारवाला निकायबीच अन्तरक्रिया गरिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यमा मंगलबार भएको अन्तरक्रियामा कृषि विकास रणनीतिको विगतको ९ वर्षको अनुभव र बाँकी समयमा कसरी कृषि विकास रणनीति अघि बढाउने भन्ने विषयमा सरोकारवाला निकायसँग छलफल भएको थियो ।

खाद्यका लागि कृषि अभियन्ता उद्धव अधिकारीले गएको ९ वर्षमा नेपालको कृषि विकास रणनीति पूर्णतयास् असफल भएको  दाबी गरे । उनले भने, ‘नेपालको सन्दर्भमा अनुपयुक्त ढाँचासहितको कृषि विकासको रणनीति निर्माण र गएको ९ वर्षमा त्यसको कार्यान्वयनमा भए÷गरेको अभ्यासलाई हेर्दा कृषि विकास रणनीति पूर्णतः असफल भइसकेको छ ।’

अधिकारकारीले आधा अवधि बाँकी रहेको रणनीतिलाई मध्यावधि समीक्षाको सन्दर्भ पारेर परिमार्जन गर्दै गर्दा बजार केन्द्रित कृषि विकासको अभ्यासबाट दुर्घटना उन्मुख नेपालको कृषि क्षेत्रलाई प्रकृतिसम्मत किसानी बाटो पहिल्याउने यो सुवर्ण अवसर बनोस् भन्ने चाहेको बताए ।

कार्यक्रममा सन् २०१५ देखि २०३५ को मध्यावधि समीक्षा गर्दै बाँकी समय कृषि विकासको रणनीतिलाई नै परिमार्जन गरी अघि बढ्नुपर्ने सरोकारवाला निकायले जोड दिएका थिए ।

अन्तरक्रिया कार्यक्रममा कृषिमन्त्री अधिकारीसँगै कृषि सचिव, सहसचिवहरू, कृषि विज्ञ, सरोकारवाला निकायलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  १० : ४२ बजे

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक