पर्यटकीय गन्तव्य बन्दै लमजुङको 'करपुरेश्वर उद्यान' | Khabarhub Khabarhub

पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘करपुरेश्वर उद्यान’


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित करपुरेश्वर पार्क पर्यटकको नयाँ गन्तव्य बन्दै गएको छ । यहाँ बेँसीसहर नगरपालिकाले उद्यान निर्माण गरेर व्यवस्थित बनाएसँगै यतिबेला पर्यटकको नयाँ गन्तव्य बन्न थालेको हो ।

यहाँ दैनिक दुई सयदेखि तीन सयजना बढी आन्तरिक पर्यटक आउने गरेका छन् । शुक्रबार, शनिबार र बिदाको समयमा छ, सात सय जना भन्दाबढी पर्यटक आउने गरेको स्थानीयवासीले बताएका छन् । 

बजार नजिकै घुम्न तथा समय बिताउनका लागि पर्यटकीयस्थलका रुपमा नगरपालिकाले सो उद्यान निर्माण गरेपछि पर्यटक आकर्षित हुन थालेका हुन् । बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले नगरभित्र एउटा पनि उद्यान नहुँदा घुम्ने, हेर्ने, तथा मनोरञ्जन गर्ने कुनै ठाउँ नभएकाले उद्यान निर्माण गरी व्यवस्थित बनाएसँगै पर्यटकको चाप बढिरहेको बताए। 

आठ रोपनी क्षेक्रफलमा चार बस्ने ठाउँ, एउटा पानीको फोहरा संरचना, पिक्नीकको लागि सेड, बालबालिका खेल्न उद्मान, शौचालय, पार्कभित्र हिँड्ने सिँढी लगायतको संरचना निर्माण भएको नगरप्रमुख अर्यालको भनाइ छ । उनका अनुसार यस उद्यान टिकट व्यवस्था लागू गरी पर्यटक तथा स्थानीयबाट शुल्क उठाउने तयारी भएको छ । विसं २०७५ चैत १२ गतेबाट निर्माणकार्य थालनी भएको उक्त पार्कमा हालसम्म रु ५०-६० लाख बढी लगानी भइसकेको नगरपालिकाले जनाएको छ ।

यस उद्यानमा आएका पर्यटक सन्तोष थापाले भने, ‘बजार नजिकै उद्यान बनेपछि घुम्न रमाइलो हुने गरेको छ । आफू परिवारसँग बेला बेलामा आउने पार्कमा घुम्दा मनोरञ्जन प्राप्त हुने गरेको उनको भनाइ छ ।’ त्यस्तै, अर्का पर्यटक सोविता परियारले पार्क घुम्दै मनोरञ्जन हुने गरेको र समय बिताउन पनि सहज हुने भएकाले यहाँ साथीहरुसँग आएको बताइन्। 

त्यस्तै, स्थानीय सिर्जना श्रेष्ठले भनिन्, ‘यहाँ आउने पर्यटक उद्यानमा भिडियो बनाउने, फोटो खिच्ने, सेल्फि खिच्ने, टिकटक बनाउँदै रमाउने गर्दछन् ।’

साथै यहाँ विभिन्न ठाउँबाट पिकनिक खानालाई आउने गरेको उनको भनाइ छ । साथै नाच गानसमेत हुने हुँदा पर्यटकलाई थप मनोरञ्जन प्राप्त गर्ने गरेको छ ।

 यस उद्यानबाट ऐतिहासिक तथा धार्मिक करपुरेश्वर महादेव मन्दिर, मर्स्याङ्दी नदी, विभिन्न गाउँ, बेँसीसहर बजारको केही भाग, लमजुङ दरबार, लमजुङ हिमाललगायत विभिन्न हिमालसमेत देख्न सकिन्छ । सो स्थानमा जनयुद्धका बेला नेपाली सेनाले लामो समयसम्म बसोबास गरेको थियो । मुलुकमा शान्ति स्थापनाको केही वर्षपछि स्थानीयको आग्रहमा यहाँबाट नेपाली सेना अन्यन्त्र गएको थियो । सेना गएको केहीवर्षसम्म बम रहेको आशङ्कामा उक्त उद्यानमा स्थानीय जान सकेनन् । केही बमसमेत फेला पर्‍यो । 

जोखिम नरहेको ठहरपछि विसं २०७५ देखि नगरपालिकाले उद्यान निर्माण थालनी गरेको थियो । करपुरेश्वर पार्कबाट परिचित तथा यस उद्यानको नाम परिमार्जित हुनुअघि सो स्थान मलामी चौउरको नामले परिचित रहदै आएको थियो । 

यहाँ मान्छे मरेर मस्र्याङ्दीमा जलाएर फर्किएपछि सो स्थानमा बस्ने गरेकाले मलामीचौउरको नामले परिचित रहेको स्थानीयको भनाइ छ । 

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  १ : ५६ बजे

श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच शिष्टाचार भेट

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका

संघीयताविरोधी शक्तिहरू एक ठाउँमा आउने बेला भइसक्यो : कमल थापा

विराटनगर- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबरजस्ती

हतियारबारे छलफल गर्न युक्रेनका रक्षामन्त्री दक्षिण कोरियामा

सोल –  युक्रेनका रक्षामन्त्री दक्षिण कोरियामा पुगेको र द्विपक्षीय बैठकहरू

सौर्यको जहाज दुर्घटनाका पीडितले न्याय माग्दै गुहारे संसदीय समिति

काठमाडौं- चार महिनाअघि भएको सौर्य एयरलाइन्सको दुर्घटनाका पीडित परिवारले न्यायका

अनलाइन जुवा र क्रिप्टोको डरलाग्दो जालो : एकै व्यक्तिको ७५ वटा बैंक खाता, ५५ करोडको कारोबार

काठमाडौं – अनलाइन गेमहरूमा गैरकानुनी सट्टेबाजी तथा क्रिप्टो करेन्सीको कारोबार