आजका समाचार : प्रधानमन्त्रीले खोजे नतिजा, बिल नतिर्ने उद्योगको खाता रोक्का हुँदै, मध्यपूर्व रोकियो युद्ध | Khabarhub Khabarhub

आजका समाचार : प्रधानमन्त्रीले खोजे नतिजा, बिल नतिर्ने उद्योगको खाता रोक्का हुँदै, मध्यपूर्व रोकियो युद्ध


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

लक्ष्य हासिल गर्नेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको विषयगत लक्ष्य हासिल गर्नेगरी अघि बढ्न निर्देशन दिएका छन् ।

बुधबार सिंहदरबारमा आयोजित सबै मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा छलफलमा प्रधानमन्त्री ओलीले सरकारले लिएको लक्ष्य पुरा गर्नका लागि गम्भीरताका साथ अघि बढ्न निर्देशन दिएका हुन् ।

छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सबै मन्त्रालयहरूबाट एकीकृत रुपमा प्रस्तुतीकरण भएको र मन्त्री तथा सचिवहरूले आफ्ना मन्त्रालयका बारेमा कुरा राखेको बताए ।

मन्त्रालयको प्रगति विवरण सुनेपछि प्रधानमन्त्रीले झन गतिका साथ अघि बढ्न निर्देशन दिएको मन्त्री पाण्डेले बताए । उनले केही सुधार गरेर अघि बढ्नुपर्नेमा प्रधानमन्त्रीको जोड रहेको जानकारी दिए ।

स्वामीकार्तिक खापरमा कांग्रेसविरुद्ध एमालेलाई माओवादीको माया

प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट

परराष्ट्रमन्त्री भोलि चीनको औपचारिक भ्रमणमा जाँदै

संविधानको मूलभूत विषयमा संशोधन गर्न सकिँदैन : गगन थापा

प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा

विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ :मुख्यमन्त्री कार्की

विद्युत महसुल नतिरेका ३४ उद्योगको शेयरदेखि बैंक खातासम्म रोक्का गर्न पत्राचार  
नेपाल विद्युत प्राधिकरणले बिजुलीको बक्यौता महसुल तिर्न अटेरी गरेका ३४ उद्योगको शेयरदेखि बैंक खातासम्म रोक्का गर्न तालुक निकायमा पत्राचार गरेको छ ।

मन्त्रिपरिषद्‌को निर्णयअनुसार दिइएको पछिल्लो म्यादमा पनि महसुल नतिरेपछि प्राधिकरणले महसुल नतिरेका उद्योगीको लगानी रहेको ऊर्जा आयोजनाको विद्युत खरिद सम्झौता बमोजिम भुक्तानी गर्ने रकमबाट कटौती गर्ने पत्राचार ती कम्पनीमा गरेको छ ।


यस्तै, महसुल नतिरेका कम्पनीको शेयर रोक्का गर्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई प्राधिकरणले पत्र पठाएको छ । पुँजीबजार नियामक नेपाल धितोपत्र बोर्डलाई पनि विद्युत महसुल भुक्तानी नभएसम्म ती कम्पनीलाई सर्वसाधारणतर्फ शेयर जारी गर्ने इजाजत रोकिदिन पत्राचार गरेको छ ।

उद्योगको लाइन नकाट्ने प्राधिकरणको निर्णय, दुई सञ्चालकको असहमति

एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान

प्राधिकरण बोर्डले निर्णय नगरेसम्म उद्योगका लाइन नकाटिने

च्याउखेतीबाट मासिक एक लाख बढी आम्दानी

बहुप्रकोप पूर्वसूचना प्रणाली निर्माणसम्बन्धी गोष्ठी सम्पन्न

बाढीपहिरोको दुई महिना : सुरक्षित बासस्थानको माग गर्दै पीडित

पूर्वराजा शाह आगामी साता नेपालगन्ज भ्रमणमा जाने

सर्वोच्चले छोड्न मानेन दुर्गा प्रसाईंलाई
साइबर अपराधको कसुरमा पक्राउ परेका भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईं तत्काल थुनामुक्त नहुने भएका छन् । उनलाई थुनामुक्त गर्न माग गर्दै दायर बन्दीप्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

सर्वोच्चका न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेशी चढेर सुनुवाइपछि सर्वोच्चले थुनामुक्त गर्न अस्वीकार गरेको हो ।


उक्त रिट खारेजीमा परेसँगै प्रसाईंको थुनामुक्त हुने बाटो बन्द भएको छ । रिट खारेज गरे पनि सर्वोच्चले प्रसाईंको स्वास्थ्य उपचार गर्न सरकारलाई निदेशनात्मक आदेश दिएकोछ ।

छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट हालेका थिए

अनलाइन जुवा र क्रिप्टोको डरलाग्दो जालो : एकै व्यक्तिको ७५ वटा बैंक खाता, ५५ करोडको कारोबार

सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मानद्वारा चन्द्रागिरि नगरपालिका सम्मानित

ताप्लेजुङको फलेटार र घुन्सा क्षेत्रमा स्याउखेती परीक्षण

रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

आफ्नै सहकारीका प्रबन्धकमाथि अध्यक्षले गरे हातपात र गालीगलौज

गोरखामा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा

जुम्लामा सञ्चालित शिविरबाट छ सय १६ जनाले लिए सेवा

युद्ध विरामपछि बेरुतका विस्थापित बासिन्दा घर फर्के
युद्धविराम लागू भएपछि द्वन्द्वका कारण क्षति भएको बेरुतको दक्षिणी उपनगरबाट विस्थापित बासिन्दाहरू बुधबार घर फर्केका छन् । लामो समय पछि भएको युद्ध विराम कार्यन्वयनका लागि धेरैले हिजबुल्लाहको प्रशंसा गर्दै विजय उत्सव समेत मनाएका छन् ।

पछिल्लो समयमा इजरायलले दिनहुँ जसो आक्रमण गर्दा धेरै हदसम्म खाली भएको उक्त आवासीय क्षेत्रमा विस्थापितहरू एकै चोटी फर्किदा भीडभाड भई ट्राफिक जामसमेत भएको जनाइएको छ ।


विस्थापितहरू आफ्नो क्षतिग्रस्त घर र व्यवसाय देखेर आँसु बगाउदै उत्खननकर्ताहरूको सहयोगमा भग्नावशेष हटाउनका लागि पर्खिरहेका थिए ।

इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौता

इजरायल र हिजबुल्लाहले स्वीकारे द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्ताव

‘युक्रेन संंकटको कूटनीतिक सम्झौता तत्काल असम्भव’.

हतियारबारे छलफल गर्न युक्रेनका रक्षामन्त्री दक्षिण कोरियामा

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ७ : ५८ बजे

बसको ढोकाबाट खस्दा सहचालकको मृत्यु

तनहुँ – पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित छबिसेमा आज

राप्तीमा घडियाल गोहीको गणना सुरु

नेपालगञ्ज – बाँकेको राप्ती नदीमा छाडिएका घडियाल गोहीको गणना सुरु

नाइजेरियामा ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ८६ पुग्यो

लागोस – नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या

प्रधानमन्त्री कप : डेब्यू खेलमा आर्मीको शानदार जित

काठमाडौं – प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन

खो खो विश्वकप : पुरुषतर्फ पनि नेपाल उपविजेता, भारतले जित्यो उपाधि

काठमाडौं – प्रथम खो खो विश्वकपको पुरुषतर्फ पनि नेपाल उपविजेता