कफीको मूल्य सन् १९७७ यताकै उच्च « Khabarhub

कफीको मूल्य सन् १९७७ यताकै उच्च


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

लण्डन – यस वर्ष ब्राजिलमा खडेरीका कारण सीमित आपूर्ति हुने देखिएसँगै अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च बिन्दुमा पुगेको छ ।

न्युयोर्कमा सूचीकृत अरेबिका कफीको एक पाउण्डको मूल्य तीस वर्षको उच्च मूल्य स्तर पार गर्दै ३२०.१० अमेरिकी सेन्टसम्म पुगेको छ । ब्राजिलमा उत्पादन हुने अरेबिका कफीको मूल्य सन् १९७७ मा अहिलेसम्मकै उच्च ३३७.५० अमेरिकी सेन्ट थियो ।

विश्वको सबैभन्दा ठूलो कफी उत्पादक देश ब्राजिलले यस वर्ष कीर्तिमानी खडेरीको सामना गर्नुपरेको र यसले सन् २०२५÷२०२६ मा कफीको उत्पादनमा ह्रास आउने भएपछि कफीको मूल्यमा वृद्धि भएको हो ।

नेदरल्याण्डस्थित राबो बैङ्कका वरिष्ठ विश्लेषक गुइल्हर्मे मोरियाका अनुसार अक्टोबरमा आएको ‘उल्लेखनीय वर्षा’ले बालीनालीलाई फाइदा पु¥याएपनि कफीको मूल्य वृद्धि हुने बताइएको छ ।

विश्लेषकहरूका अनुसार ‘रेड सी’ मा ढुवानीमा अवरोध, सम्भावित अमेरिकी कर वृद्धि र भविष्यमा वन फँडानीमा युरोपेली युनियनको नियमनजस्ता भूराजनीतिक कारकहरूले पनि मूल्य वृद्धिलाई बढावा दिएको छ ।

“माग उच्च रहे पनि ‘किसानहरूले आवश्यक पर्ने मात्राको’ मात्र बिक्री गर्न रोजेका छन्, जसले गर्दा स्थानीय बजारमा कफीको आपूर्ति सीमित भएको छ,” मोरयाले भने।

धेरै अवधि सुक्खापनको सामना गरेको भियतनामले पनि यस वर्ष पनि तत्काल कफीको लागि प्रयोग गरिने सस्तो ‘रोबस्टा बिन’को आपूर्तिमा अभावको सामना गरेको बताइएको छ ।

लण्डनमा सूचिकृत रोबस्टाको मूल्य प्रतिटन पाँच हजार २०० अमेरिकी डलर को हाराहारीमा रहेकोमा सेप्टेम्बरको मध्यमा पाँच हजार ८२९ अमेरिकी डलर पुगेको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  १० : ४१ बजे

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले आगामी १० वर्षका लागि तयार गरेको नगर

तनहुँ जलविद्युत आयोजनाको काम तीव्र गतिमा (तस्बिरहरू)

तनहुँ– नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड

फिफा विश्वकप : अन्तिम १६ को समीकरण पूरा

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु सकिएसँगै

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी