फुलहामसँग चेल्सी पराजित | Khabarhub Khabarhub

फुलहामसँग चेल्सी पराजित


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

लन्डन – इङ्लिस प्रिमियर सिपको बिहीबार राति भएको खेलमा दोस्रो स्थानमा रहेको चेल्सी घरेलु भूमिमा फुलहामसँग २–१ ले पराजित भएको छ।

शानदार कमब्याक गरेको फुलहामका लागि इन्जुरी समयको छैटौँ मिनेटमा वैकल्पिक खेलाडी रोड्रिगो मुनिजले गोल गरे।

खेलको १६ औं मिनेटमा कोल पालमरको गोलमा चेल्सीले अग्रता लिएको थियो। पालमरको यो वर्षको २६ औं प्रिमियर गोल हो।

यसपछि लगातार चेल्सीमाथि आक्रमण गरेको फुलहामले दोस्रो हाफको अन्तिम समयमा गोल गरेको हो। खेलको ८२ औं मिनेटमा वैकल्पिक खेलाडी हेरी विल्सनले गोल गर्दै फुलहामलाई खेलमा फर्काएका थिए।

फुलहामले यस सिजनमा लिभरपुल र आर्सनलसँग पनि बराबरी गरिसकेको छ। जित पछि फुलहाम २८ अङ्कसहित आठौँ स्थानमा उक्लेको छ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ७ : २८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’