रूसी मिसाइलले अजरबैजानको जहाज खसालेको दाबी « Khabarhub

रूसी मिसाइलले अजरबैजानको जहाज खसालेको दाबी


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कजाकस्तानमा भएको घातक हवाई दुर्घटनामा रूसको हात रहेको जनाइएको छ ।

अजरबैजानको प्रारम्भिक अनुसन्धानले रुसको वायु रक्षा प्रणालीले विमान खसालेको निष्कर्ष निकालेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले दाबी गरेका छन ।

अजरबैजान एयरलाइन्सको फ्लाइट ८४३२ बुधबार दक्षिणी रुसको चेचन्या क्षेत्रको राजधानी ग्रोज्नी जाँदै गरेका बेला अक्ताउ सहरनजिकै दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको छ । यो दुर्घटनामा २९ जना घाइते भएका छन् ।

यद्यपि, अजरबैजानले यस प्रकरणको अनुसन्धानको निष्कर्ष सार्वजनिक रूपमा घोषणा गरिनसकेको

‘कि रूसी एन्टी एयरक्राफ्ट मिसाइल दोषी थियो,’ युरोन्युज, द वाल स्ट्रीट जर्नल, अनाडोलु एजेन्सी र रोयटर्स समाचार एजेन्सीलगायतले स्रोत उल्लेख गर्दै लेखेका छन् ।

उनीहरूले यो विमान खस्नुमा रूसको हात रहेको जिकिरसहित अजरवैजानले पनि त्यसलाई पुष्टि गरेको उल्लेख गरेका छन् ।

‘जहाजलाई रूसी प्यान्टसिर एस ब्याट्रीले प्रहार गरेको थियो, यसको सञ्चार इलेक्ट्रोनिक युद्ध प्रणालीले हमला गरेको थियो,’ प्रारम्भिक रिपोर्टमा भनिएको छ, ‘सुरुमा जहाजलाई मिसाइल हानिएको हो भन्ने विश्वास गरिएको थिएन ।’

यद्यपि, यसमा थप र विस्तृत छानबिन गरेपछि अजरबैजानले आफ्नो पहिलो रिपोर्ट चाँडै सार्वजनिक गर्ने जनाएको छ ।

तर, रूसले भने यसमा कुनै प्रतिक्रिया दिएको छैन । तर, रूसका केही अधिकारीले यस आरोपको खण्डन गरेका छन् ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  १ : ३५ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर