नेपाल विद्यार्थी संघको तनहुँ जिल्ला अध्यक्षमा आले « Khabarhub

नेपाल विद्यार्थी संघको तनहुँ जिल्ला अध्यक्षमा आले


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूह निकट विद्यार्थीहरूले तनहुँमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को समानान्तर जिल्ला अध्यक्ष घोषणा गरेका छन् ।

नेविसंघका निवर्तमान कोषाध्यक्ष शिव रिमालको प्रमुख आतिथ्यतामा शुक्रबार आदिकवि भानुभक्त क्याम्पसमा भेला आयोजना गरेर उनीहरूले सोनकुमार आलेलाई जिल्ला अध्यक्ष घोषणा गरेका हुन् ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले संगठनको जिल्ला अध्यक्षको पत्र आशिष कैनीलाई दिएका थिए । तर, इतर समूहका विद्यार्थी नेताहरू अध्यक्ष शेर्पाले विधानविपरीत र एकलौटी गतिविधि गरेको दाबी गर्दै समानान्तर गतिविधि गर्दै आएका छन् ।

उक्त समूहको नेतृत्व गर्दै आएकी केन्द्रीय सदस्य प्रेमिका रानामगरले पुस ७ गते अध्यक्ष शेर्पालाई चुनौती दिँदै नेविसंघको १२ औँ महाधिवेशनका लागि विभिन्न २२ क्याम्पस र ७७ जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाएकी थिइन् ।

त्यसअघि अध्यक्ष शेर्पाले ‘राष्ट्रव्यापी सदस्यता वितरण तथा सुझाव संकलन अभियान’का लागि देशभरका विभिन्न ११८ क्याम्पसहरूमा केन्द्रीय प्रतिनिधि खटाएका थिए ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ४ : ०७ बजे

माघ शुक्ल प्रतिपदा : हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।