नेपाल विद्यार्थी संघको तनहुँ जिल्ला अध्यक्षमा आले « Khabarhub

नेपाल विद्यार्थी संघको तनहुँ जिल्ला अध्यक्षमा आले


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूह निकट विद्यार्थीहरूले तनहुँमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को समानान्तर जिल्ला अध्यक्ष घोषणा गरेका छन् ।

नेविसंघका निवर्तमान कोषाध्यक्ष शिव रिमालको प्रमुख आतिथ्यतामा शुक्रबार आदिकवि भानुभक्त क्याम्पसमा भेला आयोजना गरेर उनीहरूले सोनकुमार आलेलाई जिल्ला अध्यक्ष घोषणा गरेका हुन् ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले संगठनको जिल्ला अध्यक्षको पत्र आशिष कैनीलाई दिएका थिए । तर, इतर समूहका विद्यार्थी नेताहरू अध्यक्ष शेर्पाले विधानविपरीत र एकलौटी गतिविधि गरेको दाबी गर्दै समानान्तर गतिविधि गर्दै आएका छन् ।

उक्त समूहको नेतृत्व गर्दै आएकी केन्द्रीय सदस्य प्रेमिका रानामगरले पुस ७ गते अध्यक्ष शेर्पालाई चुनौती दिँदै नेविसंघको १२ औँ महाधिवेशनका लागि विभिन्न २२ क्याम्पस र ७७ जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाएकी थिइन् ।

त्यसअघि अध्यक्ष शेर्पाले ‘राष्ट्रव्यापी सदस्यता वितरण तथा सुझाव संकलन अभियान’का लागि देशभरका विभिन्न ११८ क्याम्पसहरूमा केन्द्रीय प्रतिनिधि खटाएका थिए ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ४ : ०७ बजे

धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ– आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । परापूर्वकालदेखि

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन