अब पनि झोलामा खोला बोकेर नहिँडौँ : सुमना श्रेष्ठ « Khabarhub

अब पनि झोलामा खोला बोकेर नहिँडौँ : सुमना श्रेष्ठ


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरुले विद्युत् लाइसेन्स लिएर मात्रै बस्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । आज सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले आज आयोजना गरेको विद्युत् विधेयक २०८० माथि संशोधनकर्तासँगको छलफलका क्रममा उनीहरूले झोलाभित्र खोला ओगटेर राख्न नहुने बताएका हुन् ।

संशोधनकर्ता सुमना श्रेष्ठले लाइसेन्स मात्रै ओगटेर काम नगर्ने परिपाटी रहेको भन्दै यसरी झोलोभित्र खोला ओगटेर हिँड्न नहुने बताएकी छन् ।

‘यहाँ लाइसेन्स लिने थुप्रैले विद्युत् उत्पादनको प्रक्रिया अगाडि बढाउन सकेका छैनन्, लाइसेन्स भने ओगटेर काम नगर्ने परिपाटी बन्द गर्नुपर्छ’, प्रतिप्रश्न गर्दै श्रेष्ठले भनिन्, ‘कहिले सम्म झोलामा खोला बोकेर हिँड्ने परिपाटी राख्ने त ?’ नयाँ विधेयकमा लाइसेन्स लिएर काम नगर्नेको लाइसेन्ससमेत जफत हुनुपर्ने गरी विधेयक संशोधन गर्नुपर्ने उनको सुझाव रहेको छ ।

संशोधनकर्ता नगिना यादवले भारतले नेपाललाई विद्युत् नदिएर लोडसेडिङ भएको भन्ने गलत भ्रम नछर्न समेत आग्रह गरिन् । ‘यतिबेला भारतमा पनि विद्युत् उत्पादन नै कम छ, खपतको पनि पिकआवर छ । उतै विद्युत् पुगेको छैन’, उनले भनिन्, ‘अनि भारतले विद्युत् दिएन भनेर नकारात्मक भ्रम किन फैलाउने ?’

विधेयकको मस्यौदामा भएको कतिपय व्यवस्था हटाउनुपर्नेमा उनले जोड दिए । ‘विद्युत् उत्पादनको स्थानीय तहलाई पाँच र प्रदेश तहमा २५ मेगावाट दिने गरी विधेयकको मस्यौदा तयार भएको छ, तर यो व्यावहारिक छैन हटाउनुपर्छ’, यादवले भनिन्  ।

संशोधनकर्ता रामप्रसाद चौधरीले विद्युत् उत्पादनका क्रममा माछापालनको व्यवसाय धरापमा पार्न नहुने गरी विधेयक संशोधन गर्नुपर्ने सुझाव दिएका छन् । संशोधनकर्ता प्रेम सुवालले समाजवादोउन्मुख विद्युत् उत्पादनमा जोड दिए ।

‘अहिले ८० प्रतिशत विद्युत् उत्पादन निजी क्षेत्र र २० प्रतिशत सरकारी क्षेत्रबाट भएको छ । समाजवादमा ८० प्रतिशत सरकारी क्षेत्रबाट र बाँकी २० प्रतिशत निजी क्षेत्रबाट विद्युत् उत्पादन हुनुपर्छ’, उनले भने, ‘अनि विद्युत् स्वदेशमा नै खपत गर्ने गरी काम गर्नुपर्छ ।’

संशोधनकर्ता महेशकुमार बर्तौलाले निजी क्षेत्रको उपस्थितिलाई बलियो बनाउने गरी विधेयक संशोधन गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ । संशोधनकर्ता सूर्यमान तामाङले ग्रामीण क्षेत्रमा उत्पादन भएका विद्युत् व्यवस्थापन हुन नसकेको भन्दै संशोधनमा विद्युत् उत्पादनपछि व्यवस्थापन गर्ने बुँदा थप गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

साथै संशोधनकर्ता मनबहादुर गुरुङले कार्बन उत्सर्जन कटौती गर्न विद्युत् प्रवर्द्धनमा जोड दिएका छन्  । संशोधनकर्ता बिना जैसवालले विद्युत् व्यापार प्रवर्द्धन गर्ने गरी विधेयक संशोधन हुनुपर्नेमा जोड दिएकी छन् ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ४ : ५८ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको