रास्वपा सचिवालय बैठक : सङ्गठनात्मक संरचना सुदृढीकरण गर्न छलफल « Khabarhub

रास्वपा सचिवालय बैठक : सङ्गठनात्मक संरचना सुदृढीकरण गर्न छलफल


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक सम्पन्न भएको छ । उपसभापति डिपी अर्याल कार्यवाहक सभापति भएपछि पहिलो पटक बसेको सचिवालय बैठकले पार्टीको सङ्गठनात्मक संरचना सुदृढीकरण गर्ने छलफल गरेको छ ।

कार्यवाहक सभापति अर्यालका अनुसार बैठकमा पार्टीको सङ्गठनात्मक संरचना सुदृढीकरण, राष्ट्रिय मुद्दाहरूमा छलफल, र आगामी अभियानहरूको योजना बनाउने विषयमा ध्यान केन्द्रित भएको छ ।

यस्तै नेताहरूले सदस्यहरूबीच समन्वय अभिवृद्धि गर्ने र पारदर्शिता तथा जबाफदेहीताका सिद्धान्तहरूलाई पालन गर्ने विषयमा पनि कुराकानी भएको बताइएको छ ।

बैठकले नेपाली राजनीतिमा आफ्नो उपस्थिति बलियो बनाउने रास्वपाको प्रतिबद्धतालाई झल्काउने अर्यालको दाबी छ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ५ : ०७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले