निजामती सेवा विधेयक आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने « Khabarhub

निजामती सेवा विधेयक आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवा विधेयकमाथिको संशोधनकर्तासँगको छलफल सकिएको छ ।

समितिले संशोधनकर्तालाई छलफलका लागि आजसम्मको समय तोकेको थियो ।  विधेयकमाथि एक सय २४ सांसदबाट एक हजार पाँच सय ८३ संशोधन परेको थियो । त्यसमध्ये ८६ संशोधनकर्ताले समितिमा आफ्नो मत राखेका थिए । प्रस्तुत विधेयकमा समूहगत रूपमा एकै जना सांसदले पाँच दर्जन बढी संशोधन राखे ।

समिति सभापति रामहरि खतिवडाले निजामती विधेयकमाथिको छलफल निकै अगाडि बढिसकेकाले आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने गरी तयारी गरिएको जानकारी दिए । ‘दफावार छलफलका लागि केही समय लाग्छ, त्यसपछि प्रतिवेदन लेखनको प्रक्रियामा जान्छौँ’, उनले भने, ‘साता/दश दिनमा सक्ने तयारी छ ।’

समितिले निजामती विधेयकका सम्बन्धमा राजनीतिक दलका प्रमुख सचेतक, सचेतक, विज्ञ, लोकसेवा आयोगका प्रतिनिधि, समिति सदस्य र संशोधनकर्तालगायतसँग छलफल गरिसकेको छ ।

‘विधेयकमाथि संशोधनकर्ता सांसदसँगको छलफल सकिएको छ, लोक सेवा आयोगको अन्तिम धारणा लिन्छौँ’, सभापति खतिवडाले भने, ‘त्यसपछि दफावार छलफलमा अघि बढ्छौँ ।’

समिति बैठकमा निजामती कर्मचारीको सेवा प्रवेश र अवकाश उमेर, ट्रेड युनियनसँगको आबद्धता, वृत्ति विकास र अन्तर प्रदेश सरुवालगायत बारेमा व्यापक बहस भएको थियो । समितिले ट्रेड युनियनसँग एक चरण छलफल गर्ने सोच बनाएको छ ।

विधेयकमाथिको छलफलमा अधिकांशले एउटा मात्रै ट्रेड युनियन रहने र त्यसमा शाखा अधिकृतभन्दा तलका कर्मचारीको आबद्धता हुने मत राखेको उनले जानकारी दिए ।

प्रशासनिक सङ्घीयता कार्यान्वयनसँग जोडिएको सो विधेयक आगामी अधिवशेनबाटै पारित गर्न सरकार र सबै राजनीतिक दलको साझा धारणासमेत बनेको छ ।

विधेयकमाथि प्रस्तुत संशोधनलाई प्राप्त रायसुझावका आधारमा समिति आफैँले टुङ्ग्याउने छ । आगामी अधिवेशनमा समितिबाट चारमध्ये तीन वटा विधेयक सदनमा प्रस्तुत गर्ने तयारी गरिएको समिति सभापति खतिवडाको भनाइ छ ।

राज्य व्यवस्था समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७, सङ्घीय निजामती सेवा विधेयक, २०८० मा छलफल चलिरहेको छ । निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० लाई पनि छिट्टै अघि बढाउने समितिको तयारी छ ।

यो पनि …

माओवादीको आरोप- निजामती सेवा विधेयक अघि बढाउन सरकारले ढिला गर्‍यो

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ५ : ४० बजे

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही

इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ

जेनेभा – मध्यपूर्व युद्ध अन्त्य गर्न यस हप्ता भएको अमेरिका–इरानबीचको

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

कञ्चनपुर – अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक

बैतडीमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

बैतडी – बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक क्षेत्रमा यात्रुवाहक बस

६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन

काठमाडाैं – यस वर्षको मनसुन प्रणाली नेपालमा औसत समयभन्दा ६