‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमरराज कैनीको भूमिका महत्त्वपूर्ण छ’ « Khabarhub

‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमरराज कैनीको भूमिका महत्त्वपूर्ण छ’


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमरराज कैनीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

तनहुँको व्यास नगरपालिका–२ निवासी पूर्वराज्यमन्त्री एवं कांग्रेस नेता अमरराज कैनीद्वारा लिखित ‘आफ्नै विगत नियाल्दा, प्रजातन्त्रको सौन्दर्य र अविस्मृत विम्बहरू’ पुस्तकको आज दमौलीमा विमोचन गर्दै स्वास्थ्यमन्त्री पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलन, कांग्रेस पार्टीको सुदृढीकरणमा कैनीको भूमिकालाई बिर्सन नमिल्ने बताए ।

उनले भने, ‘देश र पार्टीका लागि उनले खेलेको भूमिकालाई हामीले बिर्सन मिल्दैन ।’ स्वास्थ्यमन्त्री पौडेलले कैनीले लेखेको पुस्तक अध्ययनका लागि महत्त्वपूर्ण स्रोत हुने बताए ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले कैनीको योगदानका बारेमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ६ : ०२ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।