चीनले ब्रह्मपुत्रमा विश्वकै ठूलो बाँध बनाउने, भारत र बंगलादेशले उठाए प्रश्न « Khabarhub

चीनले ब्रह्मपुत्रमा विश्वकै ठूलो बाँध बनाउने, भारत र बंगलादेशले उठाए प्रश्न


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- उत्तरी छिमेकी चीनले हालै मात्र भारतको सीमानजिकै विश्वको सबैभन्दा ठूलो बाँध परियोजनालाई अघि बढाउने अनुमति दिएको छ ।

चीन सरकारको यो निर्णयले दक्षिणी छिमेकी भारतको चिन्ता बढाएको छ । उता चीनले भने यस परियोजनाको बचाऊ गर्दै छिमेकी देशमा यसले कुनै समस्या नल्याउने जिकिर गरेको छ ।

चीनको तिब्बतस्थित पूर्वी भागमा विश्वको सबैभन्दा विशाला बाँध बनाउने तयारीमा चीन जुटेको हो । तर यस बाँधले भारतमा कयौँ किसिमका चुनौती सिर्जना गर्न सक्नेछ ।

यो बाँध यारलुङ्ग जाङ्गबो नदीमा बन्ने भएको छ। जुन भारतमा अरुणाचल प्रदेशतर्फ सोझिन्छ । यस नदीलाई भारतमा ब्रह्मपुत्रको नाममा चिनिन्छ । जुन नदी चीनमा उत्पति भएर भारत हुँदै बंगालको खाडीमा पुगेर समुद्रमा मिसिन्छ ।

यस बाँधबाट हरेक वर्ष ३०० बियियन किलोवाट प्रतिघण्टा (केडब्ल्युएच) बिजुली उत्पदान हुनेछ । यस योजनालाई लिएर भारत र बंगलादेशको चिन्ता बढेको छ ।

उता चीनले भने बाँध बनाउने आफ्नो योजनाको बचाउ गर्दै यस परियोजनाबाट तल्लो क्षेत्रमा कुनै असर नहुने जनाएको छ। दशकौँको शोध र अध्ययनपछि सुरक्षासँग जोडिएका सबै समस्या समाधान गरेर चीन बाँध निर्माणमा अघि बढेको हो।

यारलुङ्ग जाङ्गबो नदी आफ्नो ५० किलोमिटरको छोटो दूरीमा २००० मिटर उचाइबाट झर्छ । तिब्बतको पहाड बिजुली उत्पादनका लागि खास सहयोगी बनेको छ । यस्तो ठूलो परियोजना बनाउन पनि ठूलै इन्जिनियरिङ चुनौती पनि छ।

यस बाँधको निर्माण खर्च थ्री गर्जेज बाँधभन्दा पनि धेरै हुने सम्भावना छ। थ्री गजेर्ज बाँधमा करिब २५४.२ अर्ब युआन (३४.८३ अर्ब डलर) खर्च भएको थियो । यस परियोजनाले १४ लाख मानिसलाई विस्थापित गरेको थियो । तिब्बतको यस नयाँ बाँध बनाउँदा कति मानिस विस्थापित हुन्छन् एकीन भएको छैन ।

समाचार एजेन्सी रोयटर्सका अुनसार चीनका अधिकारीले यो परियोजनाले पर्यावरणमा ठूलो असर नगर्ने बताएका छन् । साथै यसबाट नदीको पानीको बहावमा पनि ज्यादा असर नगर्ने उनीहरूको तर्क छ। तर स्थानीय पारिस्थितिकी र विस्थापित हुने मानिसको संख्याबारे केही एकीन भएको छैन।

चीनको यो परियोजनालाई लिएर भारत र बंगलादेशले गम्भीर सवाल गरेका छन् । दुवै देशले बाँधका कारण नदीको प्राकृतिक बहाव फेरिन सक्ने चिन्ता जनाएका छन् । यसका कारण भारतको अरुणाचल प्रदेश र असममा कृषि तथा जल आपूर्ति प्रभावित हुन सक्छ ।

कस्तो होला यसको असर ?

१. नदीको मोड : यो बाँध ब्रह्मपुत्र नदीमा बन्नेछ । जुन अरुणाचल प्रदेशतर्फ सोझिन्छ । यस बाँधले भारतमा पानीको आपूर्तिमा समस्या आउन सक्छ ।

२. चीनको सबैभन्दा ठूलो परियोजना : यो बाँध चीनको १४ औँ पञ्चवर्षीय योजनाको एक हिस्सा हो । यो चीनको सबैभन्दा ठूलो पूर्वाधार परियोजना हुन सक्छ ।

३. परियोजनाको लागत : यस परियोजनाको लागत १३७ बिलियन डलर छ। यो विश्वकै सबैभन्दा ठूलो परियोजनाका रुपमा स्थापित हुने छ।

४. पारदर्शिता अभाव : चीनले यस परियोजनाबारेमा पर्याप्त जानकारी दिएको छैन। जसका कारण भारतका लागि सोचेभन्दा धेरै चिन्ताजनक अवस्था उत्पन्न हुन सक्छ ।

५. जल संकट: यस बाँधका कारण अचानक बाढीको समस्या आउन सक्छ । अर्कातिर बाँधले नदी रोकेपछि भारतको पूर्वीक्षेत्रमा पानीको अभाव हुन सक्छ । जसका कारण भारतलाई जल आपूर्तिमा समस्या सिर्जना हुन सक्छ ।

६. चीनमाथि निर्भरता : नयाँ दिल्लीलाई यदि यो बाँध बनेको अवस्थामा पानीका लागि चीनसँग निर्भर हुनुपर्ने सम्भावित चिन्ताले सताएको छ । जसबाट चीनलाई भारतमाथि दबाब बनाउने अवसर मिल्न सक्छ ।

७. नदीमा नियन्त्रण : चीनले यो बाँधका कारण नदीको पानी नियन्त्रण गर्न सक्छ । जसले भारतको तल्लो तटीय क्षेत्रमा पानी अभाव हुन सक्छ ।

८. भू-राजनीतिक तनाव : यो परियोजना भारत र चीनबीच तनाव बढाउने माध्यम बन्न सक्छ । यसले दुवै देशबीच जल युद्धको सम्भावनालाई जन्म दिन सक्छ ।

९. क्षेत्रीय खतरा : चीन यस बाँधबाट पानीको प्रवाह नियन्त्रित गर्न सक्छ । युद्धको स्थितिमा चीनले सीमा क्षेत्रमा बाढी ल्याइदिन सक्छ ।

१२. भारतको प्रतिक्रिया : भारत पनि अहिले अरुणाचल प्रदेशमा ब्रहमपुत्र नदीमै बाँध बनाइरहेको छ। भारत र चीनका विशेष प्रतिनिधिको १८ डिसेम्बरमा बैठक भएको थियो । जसमा दुई देशबीच बाँधलाई लिएर तथ्यांक आदानप्रदानबारे कुरा भएको थियो ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ६ : ५७ बजे

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ

काठमाडौं – नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा

सुनसरी – धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण

प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा – प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये रु