रवि पक्राउ परेपछि बालेनको सहयोग माग्न पुगेका थिए रास्वपा नेता « Khabarhub

रवि पक्राउ परेपछि बालेनको सहयोग माग्न पुगेका थिए रास्वपा नेता


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग सहयोग माग्न पुगेको खुलेको छ।

शुक्रबार बसेको स्वपा सचिवालय बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा महामन्त्री कवीन्द्र बुर्लाकोटीले बालेनलाई भेटेको स्वीकारेका हुन् । सञ्चारकर्मीले काठमाडौंका मेयर साह लगायतसँग रविको पक्षमा जनमतका लागि भेटेको हो भन्ने प्रश्नमा महामन्त्री बुर्लाकोटीले उक्त कुरा स्वीकारे ।

‘परिवर्तन पक्षधरसँग संवाद र छलफल गरेका छौँ, विमर्शहरू गरिरहेका छौँ, त्यसकै एउटा उपजका रुपमा संवाद गरेका हौँ’, उनले पत्रकारहरूलाई जवाफ दिँदै भने, ‘देश निर्माणका लागि सबैसँग संवाद गर्दै सबैलाई एक ढिक्का बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसैको एक नियमित प्रक्रियाअन्तर्गतको उक्त भेट हो ।’

रास्वपाले कतिपय प्रक्रियाको नेतृत्व पनि लिनुपर्ने भएकाले सबैसँग संवाद गरेको खुलाए । देशमा जनजागरण ल्याउन छलफल र संवाद गरिएको उनको भनाइ थियो । उनले सरकारले सभापति लामिछानेविरुद्ध चालेको अहिलेको कानुनी प्रक्रियालाई प्रतिशोध नै मानिएको बताए ।

‘अहिले चाहिँ सरकारले प्रतिशोधपूर्ण नै गरिरहेको छ। सरकारले अदालतमा मुद्दा बुझाइसकेपछि त्यसमा विश्वस्त छौँ’, उनले भने, ‘सम्पूर्ण न्यायिक प्रक्रियालाई सघाएर जान्छौँ ।’

सरकारको नेतृत्व गरेको दल एमालेभित्र पनि नेताहरू दम्भ र अहंकार बोकेर हिँडेको देखिएको उनले बताए । बुर्लाकोटीले अब देश विकास लागि परिवर्तनकारी शक्तिसँग संवाद निरन्तर गरिने बताए ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ७ : ४५ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको