रवि पक्राउ परेपछि बालेनको सहयोग माग्न पुगेका थिए रास्वपा नेता « Khabarhub

रवि पक्राउ परेपछि बालेनको सहयोग माग्न पुगेका थिए रास्वपा नेता


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग सहयोग माग्न पुगेको खुलेको छ।

शुक्रबार बसेको स्वपा सचिवालय बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा महामन्त्री कवीन्द्र बुर्लाकोटीले बालेनलाई भेटेको स्वीकारेका हुन् । सञ्चारकर्मीले काठमाडौंका मेयर साह लगायतसँग रविको पक्षमा जनमतका लागि भेटेको हो भन्ने प्रश्नमा महामन्त्री बुर्लाकोटीले उक्त कुरा स्वीकारे ।

‘परिवर्तन पक्षधरसँग संवाद र छलफल गरेका छौँ, विमर्शहरू गरिरहेका छौँ, त्यसकै एउटा उपजका रुपमा संवाद गरेका हौँ’, उनले पत्रकारहरूलाई जवाफ दिँदै भने, ‘देश निर्माणका लागि सबैसँग संवाद गर्दै सबैलाई एक ढिक्का बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसैको एक नियमित प्रक्रियाअन्तर्गतको उक्त भेट हो ।’

रास्वपाले कतिपय प्रक्रियाको नेतृत्व पनि लिनुपर्ने भएकाले सबैसँग संवाद गरेको खुलाए । देशमा जनजागरण ल्याउन छलफल र संवाद गरिएको उनको भनाइ थियो । उनले सरकारले सभापति लामिछानेविरुद्ध चालेको अहिलेको कानुनी प्रक्रियालाई प्रतिशोध नै मानिएको बताए ।

‘अहिले चाहिँ सरकारले प्रतिशोधपूर्ण नै गरिरहेको छ। सरकारले अदालतमा मुद्दा बुझाइसकेपछि त्यसमा विश्वस्त छौँ’, उनले भने, ‘सम्पूर्ण न्यायिक प्रक्रियालाई सघाएर जान्छौँ ।’

सरकारको नेतृत्व गरेको दल एमालेभित्र पनि नेताहरू दम्भ र अहंकार बोकेर हिँडेको देखिएको उनले बताए । बुर्लाकोटीले अब देश विकास लागि परिवर्तनकारी शक्तिसँग संवाद निरन्तर गरिने बताए ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ७ : ४५ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर