रविको बयान : कारोबार गर्दा मेरो खातामा २७ करोड देखियो, त्यो गैरकानुनी आम्दानी होइन « Khabarhub

रविको बयान : कारोबार गर्दा मेरो खातामा २७ करोड देखियो, त्यो गैरकानुनी आम्दानी होइन


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो खातामा देखिएको रकम कारोबार विवरण गैरकानुनी सम्पत्ति नभएको बताएका छन् ।

कास्की जिल्लाका न्यायाधीश नीतिज राईको इजलासमा शुक्रबार बयान दिँदै उनले आफ्नो खाताबाट रकम झिक्दै, जम्मा गर्दै जाँदा कारोबार २७ करोड ८९ लाख देखिएको जिकिर गरेका हुन् । उनले बयानका क्रममा सूर्यबहादुर थापा क्षत्री नेतृत्वको संसदीय समितिको प्रतिवेदनले आफूलाई सफाइ दिइसकेकाले अदालतबाट पनि त्यही अपेक्षा गरेको बताएका थिए ।

‘मेरो खातामा आउने-जाने गरेको ‘ट्रान्जेक्सन’ विवरण देखाइए पनि गैरकानुनी सम्पत्ति आर्जन गरेको छैन,’ रविले भनेका छन्, ‘मेरो बैंक खातामा रकम आउने-जाने तथा घुमेको-घुम्यै भएर त्यतिका परिमाणमा देखिन गयो । तर मैले गैरकानुनी सम्पत्ति आर्जन गरे जम्मा गरेको छैन ।’

जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ गैरकानुनी आर्जन गरेको दाबीसहित सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएको छ।

त्योसहित सहकारी ठगी र संगठित अपराधको मुद्दा खेपेका उनले बिहीबार दिउँसो २ बजेपछि १२ वटा प्रश्नको उत्तरसहित बयान दिएका थिए । शुक्रबार बिहान ११ बजेपछि ५ बजेसम्म थप २७ वटा प्रश्न उनलाई सोधिएको थियो ।

प्रेस सल्हाकार प्रमोद न्यौपानेका अनुसार रविले इजलासमा इन्कारी बयान दिएका छन् । ‘रविले बचत अपचलनमा आफ्नो संलग्नता नरहेको बयान दिएका छन् । संसदीय छानबिन समितिमा पनि इन्कारी बयान दिएका थिए’, उनले भने, ‘हिजो र आजको बयानमा पनि इन्कारी बयानलाई रविले दोहोर्‍याएका छन् । उनले म कुनै सहकारीको व्यवस्थापक, सञ्चालक र कर्मचारी पनि होइन । त्यसैले मैले बचत अपचलन गर्ने सम्भावना छैन । यदि मेरो नाममा भएको भए कसैले कीर्ते गरेको हुन सक्छ भनेर बयान दिएका छन् ।’

रविले बयानमा सहकारीबाट गोर्खा मिडिया नेट्वर्क प्रालिमा पैसा लैजाने निर्णय प्रक्रियामा आफू संलग्न नरहेको बताए । उनले त्यो काम सबै गितेन्द्रबाबु राई (जीबी) को भएकाले उनैलाई जवाफदेही बनाउनुपर्ने पनि तर्क गरे ।

जिल्ला अदालत कास्कीमा यसपहिले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेका पूर्वडीआइजी छविलाल जोशी र लीला पछाईंको बयान भइसकेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री लामिछानेसहित ६३ जनाविरूद्ध जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएको छ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ८ : २५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको