पाकिस्तानमा इमरानको रिहाइको माग गर्दै भएको आन्दोलनमा सहभागी थप ६० जनालाई सजाय « Khabarhub

पाकिस्तानमा इमरानको रिहाइको माग गर्दै भएको आन्दोलनमा सहभागी थप ६० जनालाई सजाय


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद । पाकिस्तानको सैन्य अदालतले गत वर्ष इमरान खानको रिहाईका लागि भएको आन्दोलनमा संलग्न भएको आरोपमा थप ६० जना सर्वसाधारणलाई सजाय सुनाएको छ ।

पूर्वप्रधानमन्त्री खानलाई गत वर्षको मे महिनामा पदबाट हटाइएपछि पक्राउ गरिएको थियो र उनले देशका शक्तिशाली सैन्य नेताहरूविरुद्ध अवहेलनाको अभियान चलाएका थिए ।

भ्रष्टाचारको आरोपमा उनलाई हिरासतमा लिएपछि राष्ट्रव्यापी अशान्ति फैलिएको थियो र केहीले सहभागीले सशस्त्र बलका प्रतिष्ठानमाथिसमेत निशाना बनाएका थिए ।

पाकिस्तानमा दशकौँदेखि प्रत्यक्ष रूपमा शासन गर्दै आएको र अझै पनि ठूलो प्रभाव रहेको सेनाले गत ग्रीष्मयाममा अभियुक्तहरूविरुद्ध मुद्दा चलाउने बताएको थियो।

शनिबारसम्म धेरै हदसम्म गोप्य रहेको र पहिलो २५ जनालाई दोषी ठहर गरिएको यो प्रक्रियाबारे संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र बेलायतले यसको निन्दा गरेका थिए ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पाकिस्तानी सैन्य अदालतमा न्यायिक स्वतन्त्रता, पारदर्शिता र उचित प्रक्रियाको ग्यारेन्टीको अभाव छ ।’

बिहीबार थप ६० जनालाई दोषी ठहर गरिएको घोषणा गर्दै सेनाले ‘कोर्ट मार्सल’ सम्पन्न भइसकेको जनाएको छ ।

फैसला अनुसार ८५ जनालाई दुईदेखि १० वर्षसम्मको ‘कठोर कारावास’को सजाय सुनाइएको छ । सेनाले उनीहरूको सजाय के हो भनेर स्पष्ट पारेको छैन, उनीहरूको अपराधको स्थान मात्र सूचीबद्ध गरेको छ।

‘राज्य, सरकार र सशस्त्र बल न्यायको रक्षा गर्न र राज्यको अलङ्घनीय अधिकार कायम राख्न आफ्नो प्रतिबद्धतामा अडिग छन्,’ सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

पाकिस्तान तेहरिक–ए–इन्साफ ९पीटीआई० पार्टीले बिहीबार दोषी ठहर भएका व्यक्तिहरूमध्ये पूर्वप्रधानमन्त्री खानका भतिजा पनि रहेको र उनलाई एक दशकको जेल सजाय सुनाइएको जनाएको छ ।

‘सैन्य अदालतमा मुद्दा चलाउनुले नागरिकको मौलिक अधिकारलाई कुण्ठित गरेको छ,’ फैसलापछि खानलाई भेट्न जेलमा पुगेका उनका वकिल र पत्रकारसँग भएको कुराकानीको सारांशलाई उद्धृत गरी खाननिकट अधिकारीले बताए ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  १० : १६ बजे

माघ शुक्ल प्रतिपदा : हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।