व्यवसायीक तरकारी खेतीबाट मनग्य आम्दानी गोलभेडा खेती « Khabarhub

व्यवसायीक तरकारी खेतीबाट मनग्य आम्दानी गोलभेडा खेती


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका जनक साउदले खेतमा धान र गहुँ लगाउदा वर्ष भरी खानै पुग्दैनथ्यो ।

त्यही जग्गामा उनले दुई वर्षदेखि निरन्तररुपमा व्यवसायीकरुपमा तरकारी खेती गर्न थालेपछि मनग्य आम्दानी हात पार्न थालेका छन् । तरकारी बेचेको पैसाले साउदले वर्षभरी खान पुग्ने गरी धान र गहुँ खरिद गर्दै आएका छन् ।

स्वामित्वको आठ कठ्ठा जग्गामा पाँच वटा प्लाष्टिकका टनेल निर्माण गरी उनले तरकारी खेती गर्दै आएका छन् । प्लाष्टिक टनेलमा उनले बढी फल्ने जातका गोलभेडा लगाएका छन् । टनेल बाहिरको बारीमा बन्दागोभी, काउली, मुला, धनियाँ, खुर्सानी, भण्टा, प्याज, तिते करेला लगाएका छन् ।

नगरपालिका कार्यालयबाट व्यवसायीक तरकारी खेती गर्नका लागि साउदले तीन लाख अनुदान रकम पाएका छन् । तीन लाख अनुदान वापत पाएको रकम र त्यसमा तीन लाख आफ्नोतर्फबाट थप गरी उनले तरकारी खेतीलाई अगाडी बढाउदै आएका छन् ।

तरकारी खेतीका लागि लगानी गरिएको रकमबाट बीउजिन खरिद, प्लाष्टिक टनेल निर्माण, गोडमेल र जोताईका लागि मिनी टिलर खरिद गर्नुका साथै सिँचाइका लागि बोरिङ जडानकार्य गरेका छन् । व्यवसायीक खेती गर्ने किसानका लागि वडा कार्यालयले सञ्चालन गरेको तालिममा सहभागी भएर साउदले तरकारी उत्पादन गर्ने तौर तरिका सिकेका छन ।

गत वर्ष तरकारी खेती गर्नका लागि नौलो अनुभव हुँदा खर्च कटाएर दुई लाख जतिको कमाई गरेका उनले यस वर्ष लौका र काँक्रो बिक्री गरेर ४० हजार जतिको आम्दानी गरेका छन् ।

उनका अनुसार जति मिहिनेत गरेपनि धान, गहुँलगायतको अन्न चाहे जस्तो उत्पादन नहुँदा वर्ष भरी खान पुग्दैनथ्यो । बाह्य क्षेत्रबाट खरिद गर्नु पर्ने बाध्यता थियो ।

तरकारी उत्पादनकार्य हुन थालेपछि घर खर्चसँगै वर्ष भरी खान पुग्ने अन्नको जोहो तरकारी बिक्री गरी आएको रकमबाट धानिँदै आएको छ ।

बारीमा उत्पादित तरकारी बेच्नका लागि झन्झट नभएको उनको भनाइ छ । उनले स्थानीय तरकारी व्यापारीले आएर बारीबाटै तरकारी खरिद गरेर लैजाने गरेको बताए ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ८ : ०३ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक