प्रथम राष्ट्रिय बाँस सम्मेलन आयोजना गरिँदै | Khabarhub Khabarhub

प्रथम राष्ट्रिय बाँस सम्मेलन आयोजना गरिँदै


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी फागुनमा ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ को आयोजना गर्ने भएको छ । सम्मेलनलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय कार्यक्रम तय गरिएको छ ।

बाँसको उपयोगिता, सम्भाव्यता, प्रभावकारिता र बजारीकरणका लागि आगामी फागुन १५, १६ र १७ गते दिक्तेल बजारस्थित माटिकोरे खेलमैदानमा आयोजना गर्न लागिएको प्रथम राष्ट्रिय बाँस सम्मेलनलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय कार्यक्रम तय गरिएको हो ।

कोशी प्रदेशमा पुस–१४ गते, मधेश प्रदेशमा पुस–१५ गते, बागमती प्रदेशमा पुस–१६ गते र गण्डकी प्रदेशमा पुस–१७ गते प्रदेशस्तरीय कार्यक्रम गर्ने तयारी गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । ‘नेपालको इतिहासमा पहिलो पटक दिक्तेल बजारमा राष्ट्रिय बाँस सम्मेलन गर्न लागिएको छ । सम्मेलनमा देश–विदेशका बाँसविज्ञ तथा व्यवसायी सहभागी हुनेछन्’, उनले भने, ‘तीन दिनसम्म सञ्चालन हुने राष्ट्रिय बाँस सम्मेलनलाई प्रभावकारी बनाउन प्रदेशस्थरीय कार्यक्रम बनाएका छौँ । छुटेका प्रदेशमा जुम प्रविधिबाट कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।’

नगरप्रमुख भट्टराईको अध्यक्षतामा हुने प्रदेशस्तरीय कार्यक्रम अन्तरगत कोशी प्रदेशमा सहारा नेपाल, मधेश प्रदेशमा डिभिजन वन कार्यालय र धनुषाधाम जनकपुर तथा बागमती र गण्डकी प्रदेशमा अर्थ मन्त्रालयको व्यवस्थापन र संयोजनमा कार्यक्रम हुने जनाइएको छ । प्रदेशस्तरीय कार्यक्रममा बाँस विज्ञ, सरोकारवाला, सरकारी तथा गैरसरकारी निकाय, शैक्षिक सङ्घसंस्था तथा बाँसको क्षेत्रमा काम गरिरहेका व्यापारी, व्यवसायी र काम गर्ने बाँसकर्मीको सल्लाह, सुझाव र चुनौति सुनेर योजना बनाइने नगरप्रमुख भट्टराईले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गर्न लागिएको प्रथम राष्ट्रिय बाँस सम्मेलनका लागि नगरपालिकाले पाँच लाख बजेटसमेत व्यवस्थापन गरेको जनाइएको छ । बाँस क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाले ४२ लाख बराबरको सम्मेलनलाई आवश्यक पर्ने जिन्सी सामग्री उपलब्ध गराउने निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले बताए ।

राष्ट्रिय बाँस सम्मेलनमा स्टल राख्न १५ जिल्लाबाट प्रस्ताव आइसकेको जनाइएको छ । राष्ट्रिय बाँस सम्मेलनाई सरकारी तथा गैर–सरकारी निकायका एक सय, वन उपभोक्ता समूहका एक सय, विश्वविद्यालय तथा अनुसन्धान केन्द्रका ५० जना र हजारौँ विद्यार्थीले अवलोकन गर्ने अनुमान गरिएको नगरउपप्रमुख विशन राईले जानकारी दिए ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अत्याधिक मात्रामा ढुङ्ग्रे र भालु बाँससहित चोया बाँस, वन बाँस, करौती बाँस, मालिङ्गो बाँस, सिँगानो बाँस, निगाँलो बाँस, मुक्तियाली लगायत १३ किसिमका बाँस पाइने गरेका छन् ।

नगरपालिकाको आयोजनामा बाँस सम्मेलन हुने भएपछि बाँससम्बन्धी उद्योग सञ्चालन गर्दै आएका स्थानीय बासिन्दा एवम् उद्यमी हर्षित भएका छन् ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ७ : २६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग