बालेनभन्दा जेठो तीनकुनेको जग्गा विवाद | Khabarhub Khabarhub

बालेनभन्दा जेठो तीनकुनेको जग्गा विवाद

न मुआब्जा, न संरचना !


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सङ्घीय राजधानी काठमाडौंस्थित काठमाडौं महानगरको नेतृत्व यतिबेला ३४ वर्षीय बालेन्द्र शाह (बालेन)ले गरिरहेका छन् ।

बालेन जन्मिनुभन्दा झण्डै १६ वर्षअगावै सरकारले अधिग्रहण गरेको काठमाडौं महानगरपालिका–३२ मै पर्ने तीनकुनेको जग्गा विवाद अझै समाधान हुन सकेको छैन ।

सरकारले लामो समय बितिसक्दा पनि तीनकुनेको जग्गा विवाद समाधान गर्न नसकेपछि महानगर प्रमुख बालेन शाहले शुक्रबार कोटेश्वर महोत्सव सम्बोधनका क्रममा ५० वर्षदेखि स्थानीयको जग्गा लुटिएको भन्दै आक्रोश व्यक्त गरे ।

‘५० औँ वर्षदेखि मुआब्जा पाउनुभएको छैन । कमजोर सरकार हुँदा अपोजिसनले मान्छ कि मान्दैन भन्ने हुन्थ्यो । यसपालि दुईतिहाइको सरकार छ, तर केही गरेकै छैन,’ बालेनको आक्रोश थियो, ‘व्यक्तिको जग्गा लुटेर राखिएको स्थान हो यो । यहाँको मुआब्जा दिनका लागि कुनै प्रक्रिया भएको छैन ।’

बालेनले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीसँगै स्थानीय सरकारको नेतृत्व गरिरहेको दलसमेत सरकारमा रहेका बेला तीनकुनेको जग्गा विवाद समाधान नभए कहिल्यै पनि नहुने दाबीसमेत गरे ।

‘गृहमन्त्री आफ्नै ! प्रधानमन्त्री आफ्नै ! अर्थमन्त्री आफ्नै ! पैसा आफ्नै ! स्रोतसाधन आफ्नै ! हाम्रो त अझ वडा समिति पनि त्यही सरकारको हो,’ महानगर प्रमुख बालेनले भने, ‘अहिले पनि यो काम भएन भने कहिल्यै हुँदैन । आफ्नो स्थानीय सरकारलाई विस्तारै भन्नुहोला । मलाई पनि भन्नुहोला । हाम्रो त उमेरभन्दा पनि बढी भइसक्यो, यहाँको जग्गा लुटिएको !’

यो पनि –

तीनकुनेको जग्गा ५० वर्षदेखि कब्जा, सरकारले केही गरेन : बालेन

पार्क बनाउन भन्दै तत्कालीन पञ्चायती सरकारले २०३१ जेठ १४ मा तीनकुनेमा जग्गा अधिग्रहण थालेको थियो । साविक जग्गाप्राप्ति ऐनबमोजिम जग्गा अधिग्रहण गरेको ५० वर्ष नाघिसक्दा पनि न जग्गा धनीले मुआब्जा पाएका छन्, न त सरकारले त्यहाँ पार्क बनाएको छ ।

तीनकुनेमा सरकारले अधिग्रहण गरेको अलपत्र जग्गा । तस्बिर : गुगल म्याप

तीनकुनेको ५३ रोपनी जग्गामा तत्कालीन श्री ५ को सरकारले ‘पञ्चायत स्मारक’ निर्माण गर्ने भन्दै २०३१ साल जेठ १४ गते राजपत्रमा सूचना नै प्रकाशित गरेको थियो । स्मारक बनाउने निर्णय भएको झण्डै २० वर्षपछि २०५२ सालमा ५३ रोपनीको लगतकट्टा कायम गरी सो जग्गा तत्कालीन श्री ५ को सरकार र सडक विभागको नाममा कायम भएको थियो ।

तर, स्थानीयले सर्वोच्च अदालतमा मुद्दा हालेपछि उत्प्रेषणको आदेशबमोजिम लगतकट्टा बदर भएको थियो । सरकारले २०५९ असार ३२ मा प्रतिरोपनी ५१ लाख २० हजार रुपैयाँ मुआब्जा रकम तोकेर वितरणका लागि १५ करोड रुपैयाँ निकासा गरेको थियो ।

त्यसको साढे पाँच वर्षपछि मात्रै सरकारले महानगरपालिकामार्फत् जग्गाको मुआब्जा वितरणको काम थालेको थियो । महानगरपालिकाले २०६४ माघ १४ देखि २०६६ माघ मसान्तसम्म जग्गा मुआब्जा बाँडेको थियो ।

सरकारले उपलब्ध गराएको १५ करोडमध्ये महानगरपालिकाले १० करोड ८० लाख रुपैयाँमात्रै वितरण गरेको थियो । केही जग्गाधनीले मुआब्जा रकम बुझ्न नमानेपछि २०७० साउन २४ मा महानगरपालिकाले बाँकी रकम काठमाडौं प्रशासनलाई फिर्ता पठाएको थियो ।

काडमाडौं महानगर प्रमुख बालेन्द्र शाह ।

सरकारले अधिग्रहण गरेको ५३ मध्ये २१ रोपनी जग्गाको मुआब्जा वितरण भए पनि २५ रोपनीको मुआब्जा हालसम्म उपलब्ध गराएको छैन । जग्गाधनीहरूले बाँकी जमिनको मुआब्जा हाल चलनचल्तीको मूल्यअनुसार नै दिनुपर्ने माग राखिरहेका छन् ।

तर, सरकारले आधा जग्गाधनीलाई पहिले नै मुआब्जा दिइसकेकाले बाँकीलाई चलनचल्तीको मूल्य दिन नसक्ने अडान राखिरहेको छ । सरकार र जग्गाधनीको आ–आफ्नै अडानका कारण समस्या समाधानमा ढिलाइ भएरहेका बेला महानगरपालिका प्रमुख बालेनले शुक्रबार केपी ओली नेतृत्वको वर्तमान सरकारकाप्रति आक्रोश पोखेका हुन् ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ४ : ०१ बजे

माझफाँट-लेकफाँट सडक कालोपत्र

म्याग्दी– जिल्लाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चे जोड्ने सडक योजनाको

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

म्याग्दी– सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले आफ्नै भवनबाट कार्यालय

पूर्वाधारको अभावले कोरला नाका सञ्चालनमा समस्या

कोरला– गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले कोरलानाकामा अध्यागमन

दक्षिण अफ्रिकी खेलाडीले आईपीएलका बाँकी खेल नखेल्ने

काठमाडौं – टेस्ट विश्व च्याम्पियनसिपको तयारी गर्नुपर्ने भएका कारण दक्षिण

चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते

चितवन– पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर